म्यागी डोयनको अर्काे चमत्कार : सुर्खेतमा नमुना भवन निर्माण

४ फाल्गुन २०७५, शनिबार १९:४३

सुर्खेत – चर्चित अमेरीकाकी नागरिक म्यागी डोयनले स्थापना गरेकाे कोपिला भ्याली स्कुलको नयाँ भवन निर्माण भएको छ । विरेन्द्रनगर सुर्खेत स्थित धारापानीमा सुविधा सम्पन्न विद्यायल भवन निर्माण गरिएकाे छ । मानव सेवा गरे स्वरुप सन् २०१५ मा अमेरिकाको केबल न्युज नेटवर्क (सिएनएन) द्धारा हिरो अफ द इअरको उपाधी पाएकी भ्यागीले बालवालिकाको क्षेत्रमा सेवा गर्दै आएकी छन् ।

शनिवार विरेन्द्रनगरमा पत्रकार सम्मेलनद्धारा कोपिला भ्याली समाजले भवन निर्माण कार्य पुरा भएकाे जानकारी गराएको हो । विगत २०६४ सालमा स्थापना भएको कोपिला भ्याली समाजले सुर्खेतमा कोपिला भ्याली स्कुल संचालन गर्दै आएको छ । कोपिला भ्याली समाज अन्तर्गत कोपिला भ्याली स्कुल, कोपिला भ्याली बालगृह र कोपिला भ्याली महिला केन्द्र संचालनमा आइरहेका छन् । सर्खेतलगायतका अन्य जिल्लाबाट ४५० भन्दा धेरै बालवालिकालाई निशुल्क शिक्षा सहित आवश्यक परामर्श सेवा दिदै आएको छ ।

सुर्खेतमा २०६७ सालबाट स्थापना भएको स्कुलमा हाल नर्शरी देखि १२ कक्षासम्म सञ्चालित छ । अन्तराष्ट्रिय गैरसकारी संस्था विलिङ्कनाउ फाउण्डेशनको लगानीमा भएकाे स्कुलमा निशुल्क रुपमा बालवालिका अध्ययन गर्दै आएका छन् । विद्यालयले गरिब, अनाथ, असाय तथा पिछडिएका परिवारका बालबालिकालाई निशुल्क शिक्षा दिइरहेको कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले जानकारी दिए । कोपिला भ्यालीका संस्थापक म्यागी डोयन र टोपबहादुर मल्लले बालबालिकालाई सुविधा सम्पन्न भवनमा अध्ययन गराउन नयाँ भवन निर्माण गरिएको बताएका छन् ।

अमेरीकाको न्युजर्सी घर भएकी म्यागी डोयनल मानव सेवा गरे स्वरुप सन् २०१५ मा अमेरिकाको केबल न्युज नेटवर्क (सिएनएन) ले हिरो अफ द इअर को उपाधी दिएको थियो । उक्त उपाधी सहित उनलाइ १ लाख दश हजार अमेरिकन डलर पुरस्कार समेत दिएको थियो । म्यागीलाई उपलव्ध गराएको पुरस्कार स्वरुपको सवै बजेट कोपिला भ्याली स्कुलमै लगानी गरेकी छन् । करिव साढे १२ करोडको लागनीमा बालमैत्री विद्यालय तथा भिविन्न संरचना आईतवार एक कार्यक्रमका विच उद्घाटन गरिने विद्यालयका प्रिन्सिपल चौधरीले बताए ।

Next Post

मुख्यमन्त्री रनिङ शिल्डमा कालिकोट र रुकुम विजयी

४ फाल्गुन २०७५, शनिबार १९:४३
सुर्खेत– मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगितामा कालिकोट र रुकुमपश्चिम विजयी भएका छन् । मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगीतामा महिलातर्फ कालिकोट र पुरुषतर्फ रुकुमपश्चिम विजयी भएका हुन् । यहि फागुन १ गते देखि सुरु भएको महिला तथा पुरुष भलिवल प्रतियोगीता आइतवार सम्पन्न भएको छ । पुरुष भलिवल प्रतियाेगितामा सल्यान दोस्राे र […]