मुख्यमन्त्री रनिङ शिल्डमा कालिकोट र रुकुम विजयी

५ फाल्गुन २०७५, आईतवार १३:११

सुर्खेत– मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगितामा कालिकोट र रुकुमपश्चिम विजयी भएका छन् । मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगीतामा महिलातर्फ कालिकोट र पुरुषतर्फ रुकुमपश्चिम विजयी भएका हुन् । यहि फागुन १ गते देखि सुरु भएको महिला तथा पुरुष भलिवल प्रतियोगीता आइतवार सम्पन्न भएको छ । पुरुष भलिवल प्रतियाेगितामा सल्यान दोस्राे र सुर्खेतले तेस्रो स्थान हात पारेको छ ।

त्यस्तै महिला भलिवलमा रुकुमपश्चिम दोस्रो र दैलखले तेस्रो स्थान प्राप्त गरेको छ । फाइनल खेलमा खेलाडीहरुविच कडा प्रतिस्पर्धा भएको थियो । भलिबल नेपालको राष्ट्रिय खेल भएकाले दर्शकले पाँच दिनसम्म खेल हेरर आनन्द लिएका थिए । सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएको थियो । भलिवल खेल कर्णाली प्रदेशमा अत्यान्तै लोकप्रिय भन्दै गएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रदेश स्थरीय भलिबल प्रतियोगिताले खेल जगतमा रमाउने खेलाडी र खेलाडी मनहरुलाई उत्साहित बनाएको छ । प्रतियोगितामा कर्णाली प्रदेशका दश वटै जिल्लाका पुरुष तथा महिलाकाे दश-दश वटा टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको विजेताले एक – एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगीता उत्साहजनक रुपमा समापन भएको छ । १० वटै जिल्लाबाट सहभागी खेलाडी र विजेता र उपविजेतालाई सामाजिक विकास मन्त्री दलबहादुर रावलले बधाइ दिएका छन् ।

Next Post

मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि नगर्दा हुन्छ : प्रधानमन्त्री

५ फाल्गुन २०७५, आईतवार १३:११
काठमाडौं-प्रधामन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा अहिले पनि हाम्रो लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्वित भएको बताएका छन् । ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जारी लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित […]