कालिकोट- उर्जामन्त्री महेन्द्रबहादुर शाही (प्रज्वल) ले प्रतिनिधिसभाको प्रत्यक्ष सांसद लागि तयारी गरेको बताएका छन् । जनताको भावनालाई सम्वोधन गर्न संघको प्रत्यक्ष सांसदको तयारी भएको मन्त्री शाहीले पत्रकारसंग बताएका हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका मन्त्री शाहीले जिल्ला संयोजकलगायतका आकांक्षीहरुलाई पनि व्यवस्थापन हुने बताए । मन्त्री शाहीको निजी सचिवालका अनुसार, उर्जामन्त्री समेत भईसकेकाले प्रदेशसभा भन्दा पनि केन्द्रमा नै पहिलो प्राथामिकता रहेको छ । मन्त्रीका स्वकीय सचिव दुर्गाप्रसाद काफ्ले भन्छन् ‘मन्त्री ज्युको चाहानाकै आधारमा संघमा जाने तायरी रहेको छ ।
जिल्ला कमिटीको बैठकले सर्वसम्मत गर्ने तयारी गरेको छ ।’ माओवादी केन्द्र कालिकोटको बैठक विहिवारदेखि जारी छ । जिल्ला सदरमुकाम मान्ममा आयोजना गरिएको बैठक उम्मेदवार टुंगो लगाउनमा व्यस्त छ । प्रतिनिधिसभाका लागि जिल्ला संयोजक दुर्गबहादुर रावत र केन्द्रिय सदस्य जीवन बुढाको पनि दावी रहेको पार्टी स्रोतले बताएको छ ।
कांग्रेस,एमालेको सिफारिस
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कालिकोटबाट नेपाली कांग्रेस र एमाले उम्मेदवारहरुको सिफारिस गरि सकेको छ । कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तरुणदलका महामन्त्री भुपेन्द्रजंग शाही, नारायण भट्टराई र हिक्मतबहादुर बिष्टको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभामा समानुपातिकको लागि मुक्तिप्रसाद न्यौपाने, पूर्व सांसद तिलक न्यौपाने, बिष्णुबहादुर शाही, लक्ष्मी शाही, नेत्रबहादुर शाही र हर्ष शाहीको नाम सिफारिस गरेको छ । प्रदेशसभाका लागि क्षेत्र नं. १ ‘क’ मा प्रत्यक्षतर्फ अम्मबहादुर शाही, टेकराज शाही, मनराज शाही र लोकबहादुर शाहीको नाम सिफारिस गरेको छ ।
त्यस्तै समानुपातिकका लागि छायाँ सुनार, यसोदा शाही, तारा शाही र भद्रा शाहीको नाम सिफारिस गरेको कांग्रेसले जनाएको छ । त्यस्तै प्रदेशसभाको निर्वाचन क्षेत्र नं २ ‘ख’ का लागि प्रत्यक्षमा कालीबहादुर सहकारी, शिक्षक मानबहादुर रोकाया, पार्टी सभापती हर्षबहादुर बमको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ मोतिराज बम र पार्वती शाहीको नाम सिफारिस गरेको छ ।
नेकपा एमालेले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ हालका सांसद तुलाराज बिष्ट, जिल्ला कमिटीका उपाध्यक्ष रमेश शाही र जिल्ला सदस्य लक्ष्मी बमलाई सिफारिस गरेको छ । समानुपातितर्फ मानव अधिकार एलाइन्सका केन्दिय अध्यक्ष मीनबहादुर शाही, जिल्ला कमिटी सचिवालय सदस्य वकिल बम, र मिना शाहीलाई सिफारिस गरेको कार्यालय सचिव दानबहादुर शाहीले बताए ।
प्रदेशसभाका लागि क्षेत्र नं. ‘क’मा प्रत्यक्ष कुर्मराज शाहीलाई सिफारिस गरेको छ भने समानुतिकतर्फ तारा शाही, राधिका शाही र रत्न बिकलाई सिफारिस गरिएको कार्यालय सचिव शाहीले बताए । त्यस्तै, प्रदेशसभाका लागि क्षेत्र नं ‘ख’ बाट प्रतक्ष्यतर्फ नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष नगिन्द्र शाही (नेशनल), काठमाडौं कर्णाली सम्पर्क कमिटीका संयोजक तुलाराज सिम्खाडा र यसोदा बराललाई सिफारिस गरिएको छ भने समानुतिकतर्फ विश्वराज बम, दुर्गा शाही न्यौपाने र कालो सार्कीलाई सिफारिस गरिएको कार्यालय सचिव शाहीले बताए ।