आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

१९ जेष्ठ २०७४, शुक्रबार १८:३१

काठमाडौं— आन्तरिक राजस्व विभागका महानिर्देशक चुणमणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पदको दुरुपयोग गरी राजस्व निर्धारण हिनामिना गरेको भन्दै अख्तियारले शर्मालाई १२ः३० बजे पक्राउ गरेको हो।

शर्मालाई पक्रिन अख्तियारको टोली आन्तिरक राजस्व कार्यालय लाजिम्पाट पुगेको थियो।

एनसेल बिक्री प्रकरणमा महानिर्देशक शर्माले विक्रेताले राजस्व बुझाउनु नपर्ने तर्क राख्दै आएका थिए। शर्माको तर्क स्थापित हुँदा टेलियासोनेराले नेपाल सरकारलाई बुझाउनु पर्ने ३३ अर्बभन्दा बढी पूँजीगत लाभकर सरकारले पाउन सकेको छैन। एनसेल बिक्री गरेर टेलिया स्वीडेन फर्किसकेको अवस्थामा सरकारको राजस्व उठ्ने सम्भावना न्यून हुँदै गएको अवस्थामा अख्तियारले शर्मालाई पक्राउ गरेको हो।

Next Post

टिकट नपाएपछि हुम्लाकाे विमानस्थल बन्द

१९ जेष्ठ २०७४, शुक्रबार १८:३१
हुम्ला : हुम्लाको सिमकोट विमानस्थलबाट हुने उडानमा टिकट नपाएपछि स्थानीय वासिन्दा आन्दोलित भएका छन्। राजनैतिक दल, नागरिक र ब्यापारीहरुले शनिबार बिमानस्थलबाट हुने सबै उडान रोकेका छन्। निजी कम्पनीका बिमानहरुले भारतीय तथा अन्य देशका पर्यटकमात्रै बोक्ने गरेको र स्थानीयलाई बिरामी हुँदा समेत टिकट नदिएपछि आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ। स्थानीयले उडानमा […]