पीके शाही – सुर्खेत । भारतबाट नेपाल आउँदै गरेको सयौं कर्णालीवासी सिमा नाकामा अलपत्र परेका छन् । रोजगारको लागि भारतको नैनिताललगायतका विभिन्न स्थानमा गएका नेपाली सिमा नाकामा अलपत्र परेका हुन् । विश्वभर फैलिएको कोरोना भाईरसको त्रास र लकडानले गर्दा नेपाल– भारत सिमा नाकामा निकै समस्या परको हो । एक हप्ता देखि भारत र नेपालको सिमा क्षेत्र वनबासामा दुइ हजारभन्दा बढी कर्णालीका नागरिक अलपत्र परेका छन् ।
भारतको चम्फावत जिल्लाको वनवास नजिक रहेको टनकपुरमा सयौंको संख्यामा कर्णालीवासी अलपत्र परका हुन् । टनकपुरबाट भारतको सिमाना बनवासाको दुरी ३ किलोमिटर टाढा रहेको छ । यता नेपालको कञ्चनपुर महेन्द्रनगर र उता भारतको बनबासा रहेको छ ।
सिमा नाकामा एक हप्ता देखि भोकभोकै अलपत्र अवस्थामा रहेको कालिकोट सान्नी त्रिवेणी रकुका मोहनराज भट्टले दुखेसो पोखे । ‘एक हप्ता भईसक्यो घाम र मछडले सताइ सक्यो घर जाँन दिएको छैन् ।’ भट्टले भने, ‘भारतको सुरक्षाकर्मिले गेट बन्द गरेर राखेको छ । म जस्तै मेरो गाउँपालिकाका १५० जना छौ । कर्णालीका त कति छन् अत्तोपत्तो नै छैन् ।’ खान र वस्नभन्दा पनि राम्रोस्रग उभिने ठाउँ नपाएको उनले बताए ।
जंगलको विचमा रहेको एक भवनमा उटा कोठामा ५० जना सुत्नु परेको उनले बताए । अहिलेसम्म स्वास्थ्य परिक्षण कसैको नगरिएको भट्टले सुनाए । सिमानामा लपत्र परेका मोहनराज भट्ट त एक प्रतिनिधि पात्र मात्रै हुन् । उनि जस्तै सयौं कर्णालीवासी अलपत्र परका छन् । सिमा नाकामा भारतिय सुरक्षाकर्मिले नेपाल आउन दिएको छैन ।
भारत सरकारले सिमा नाकासम्म रेल संचालनमा ल्याएपछि घर फर्किने कर्णालीवासी पनि बढेका छन् । अलपत्र परेका सबै कर्णालीवासी महेन्द्रनगर, कैलाली हुँदै बर्दिया बाँके भएर सुर्खेत आउने तयारी गरेकाछन् । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सिमा नाकामा निकै दुःख पाएको खबर आएको बताए । मन्त्री रावलले भने, ‘हामिले संघिय सरकारलाई खबर पठाएको छौं । यो अत्राष्ट्रिय केस भएकाले हामिले निर्णय गर्न मिल्दैन् ।’
भारतका विभिन्न स्थानबाट नेपालगनज जमुनाह नाका तथा पश्चिमको गड्डाचौकी बनवासा नाका हुँदै भएर सयौं कर्णालीवासी आइरहेका छन् । कर्णाली भित्रिने सबैको आरडिटिी परिक्षण गरेर मात्र प्रवेश गराने प्रदेश सरकारको तयारी छ । कर्णालीका सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेनटाइनमा राखिने गरि व्यस्था गरिने भएको छ । यहि साताभित्र कर्णालीमा १५ देखि २० हजार नागरिक भारतबाट भित्रिने अनुमान प्रदेश सरकारले गरेको छ ।
दैनिक १५ देखि १६ सयको संख्यामा नागरिक भित्रिएको बताइएको छ । कोरोनासँगै भारतमा पनि लकडाउन भएपछि हजारौं कर्णालीवास रोजगार छोडेर स्वदेश फर्किका छन् । कोरोनाले लखेटिएका कर्णालीवासीले सिमा नाकामा दुःखको झमेला खेप्नु परेको छ । अलपत्र नागरिकलाइ तिनै तहका सरकारले तत्काल उद्धार गरेर स्वास्थ्य चेकजाँच गरिनुपर्ने नेकपा कालिकाेटकि नेतृ पार्वती सिँहलेले बताइन् ।