कर्णालीमा कोराना संक्रमितको संख्या ९६७ पुग्यो

३२ जेष्ठ २०७७, आईतवार १८:३०

सुर्खेत – कर्णालीमा आज (आइतबार) थप ५२ जना कोरोना संक्रिमण भएका पुष्टी भएको छ । योसँगै जम्मा संक्रमितको संख्या थपिएका छन् ।प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको  गरिएको परीक्षणमा  ५२ जना कोरोना संक्रिमित थपिएका हुन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत जिल्लाका १५ र दैलेख जिल्लाका ३७ जना गरी जम्मा नयाँ संक्रमित ५२ जना रहेका छन् ।

नयाँ संक्रमित दैलेखका ३७ जना मध्ये ३५ जना नौमुले गाउँपालिकाका मात्रै रहेका छन । गाउँपालिकाको वडानम्वर नं. १, २, ३, ५, ६, ७ र ८ का ३४ जना पुरुष र एकजना महिला रहेका छन । नारायण नगरपालिकाका वडा नं. २ का दुईजना पुरुष रहेका छन् । त्यस्तै सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिका-१ का एकजना पुरुष, गुर्भाकोटा नगरपालिका वडानंम्बर १, ५, ११, १२ र १४ का ८ जना पुरुष रहेका छन् ।

लेकबेसी नगरपालिका २ का एकजना पुरुष, पञ्चपुरी नगरपालिका वडानम्बर १, २, ६ र ७ का पाँचजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा संक्रमितको संख्या ९६७ पुगेको छ । आज आइतबार  मात्र दैलेख अस्पतालमा २ जना , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना र जिल्ला अस्पताल कालिकाेटबाट २५ जना गरी २८ जना निको भई डिस्चार्ज भएका छन् ।  कोरोनाका कारणले कर्णालीमा तीन जना मृत्यु भएको छ ।

Next Post

कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएकालाई एक लाख दिने

३२ जेष्ठ २०७७, आईतवार १८:३०
सुर्खेत – कर्णाली प्रदेश सरकारले कोरोनाका कारणले कर्णालीका नागरिकहरुको मृत्यु भएमा १ लाखको बीमा दिइने भएकाे छ। कर्णाली प्रदेशसभा आर्थिक वर्ष २०७७/ ०७८ विनियोजन विधेयक, अर्थ विधेयक र बजेट वक्तव्य प्रदेश सभामा प्रस्तुत गर्दे आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कोरोनामा कारणले कर्णालीका नागरिकहरुको मृत्यु भएमा १ लाखको बीमा […]