‘सुचना नदिनु लोकतन्त्रमाथिको हमला’ : प्रमुख आयुक्त बास्कोटा

३ पुष २०७५, मंगलवार १५:३१

कालिकोट– राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले लोकतन्त्रमा कानुनले दिन मिल्ने सुचना नदिनु लोकतन्त्र माथिको हमला भएको बताए । प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मुलुकमा नागरिकले सुचना सहज रुपमा पाउँनु पर्ने आयुक्त बास्कोटाले बताए । सुचनाका मालिकनै नागरिक भएकाले सुचना दिन कन्जुसाइ नगर्न सरोकारवालालाई उनले आग्रह गरे । कालिकोटको सदरमुकाम मान्ममा आयोजित एक कार्यक्रममा सम्वोधन गर्दै प्रमुख आयुक्क्त बास्कोटाले यस्तो बताएका हुन् । सुचना पाउँने नागरिकको अधिकारलाई हरेक सरकारी कार्यालयले कानुनले दिन मिल्ने सुचना दिनुपर्ने बास्कोटाले बताए ।

सुचनाको हक सम्बन्धी ऐन, २०६४ लाई स्थानीय तह र सवै सरकारी कार्यालयले पालना गर्न जरुरी भएको प्रमुख आयुक्त बास्कोटाले बताए । जिल्लाका अधिकांस स्थानीय तहले सुचनाको हक विपरित कार्य गरेको सहभागीले गुनासो गरेका थिए । सुचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रममा स्थानीय निकायबाट सुचना पाउँनबाट बन्चित भएको जनप्रतिनिधि नन्दबहादुर शाहीले बताए । शुभकालिका गाउँपालिकाको ५ वडा बाट निर्वाचित वडा सदस्य शाहीले मागेको सुचना नपाउने गरेको बताए । उनले भने, ‘म एक जना जनप्रतिनिधि लाइृ पनि सुचना नदिने गाउँपालिकाले सामान्य नागरिकलाई कहिलै पनि सुचना माग्दा नदिने गरेको पाइएको छ ।’

तिन वटा सरकार मध्य सबैभन्दा अटेरी गर्ने सरकार स्थानीय सरकार भएको सहभागी अधिवक्ता अमलराज शाहीले बताए । उनले भने, ‘कानुनी राज्यमा कतिपय स्थानीय तहले नागरिकले पाउँने सुचनाबाट बन्चित गराउनु भनेको कानुन विपरित कार्य हो । स्थानीय तहले गरेका गतिविधि तिन—तिन महिनामा सार्वजनिक गर्ने नियम हुँदाहुँदै पनि त्यसको ठिक विपरित काम भएको छ ।’ स्थानीय तहको गलत कामलाई खबदारी गर्न जरुरी भएको उनले बताए ।

खाँडाचक्र नगरपालिका अवका दिन देखि सुचनामैत्री हुने मेयर जसीप्रसाद पाण्डेले बताए । हरेक तिनतिन महिनामा नगरपालिकाले गरेको काम सार्वजनिक गर्ने मेयर पाण्डेले प्रतिबद्धता जनाए । नगरपालिकामा मागेको सुचनामा अहिलेसम्म कन्जुसाइ नगरेको उनले बताए । कार्यक्रममा पत्रकार, नागरिक समाज, कानुज व्यवसायी, व्यापारी, जनप्रतिनिधि, कर्मचारी र बुद्धिजिविको सहभागीतामा रहेको थियो ।

Next Post

श्रमिकको हकअधिकारका लागि लड्न सँधै अग्रसर छु : मन्त्री विष्ट

३ पुष २०७५, मंगलवार १५:३१
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकको हकअधिकारका लागि लड्न आफू सँधै अग्रसर रहेको बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयोजित ‘वैदेशिक रोजगारी : अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा सुधारको राजमार्ग निर्माण गरिने […]