१५ औँ पञ्‍चवर्षीय योजनाको मस्यौदा विकास परिषद्‍बाट स्वीकृत

२१ चैत्र २०७५, बिहीबार १७:२७

काठमाडौं – विकास परिषद्‍ले आएका सुझाव समावेश गर्ने गरी १५ औँ पञ्चवर्षीय योजनामा मस्यौदा स्वीकृत गरेको छ। अधिकतम १०.३ र औसत ९.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गरी बनाइएको योजना राष्ट्रिय विकास परिषद्को बैठकले पारित गरेको हो।  दुई दिनसम्म चलेको बैठकले दिएको सुझावलाई समावेश गर्ने गरी प्रधानमन्त्रीको तर्फबाट राष्ट्रय योजना आयोगले प्रस्तुत गरेको मस्यौदा सर्वसहमतले पारित गरिएको हो।

प्रधानमन्त्री ओलीलले ताली बजाएर पारित गरिदिनको लागि आग्रह गरेका थिए।  दुईदिनसम्म चलेको बैठकमा ३०० वक्ता १७८ सुझाव दिएका थिए। यी सुझावलाई प्रधानमन्त्री ओलीले आफै अध्ययन गरेर उपयुक्त सुझाव  समावेश गर्ने जनाएका छन्। विकास परिषद्‍बाट पारित मस्यौदा मन्त्रिपरिषद्‍मा पेस गरेपछि योजनाका रूपमा आउनेछ।

१५ औ पञ्चवर्षीय योजनामा १६ सय डलर प्रतिव्यक्ति आय पुग्ने गरिबीको रेखामुनिको जनसंख्या १३ प्रतिशतमा झार्ने तथा बहुआयामिक गरिबीको जनसंख्या १४ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरेको छ। अहिले बहुआयामिक गरिबीको जनसंख्या २८ प्रतिशत रहेको छ।  अपेक्षित आयु ७२ वर्ष पुर्‍याउने लक्ष्य निर्धारण गरिएको छ भने साक्षरतादर ९० प्रतिशत, युवा साक्षरता ९९ प्रतिशत, आधारभूत खुद भर्ना ९९.५ प्रतिशत रहने लक्ष्य निर्धारण गरिएको छ।

त्यस्तै, पूर्वधार क्षेत्रमा ३० मिनेटको दूरीमा यातायात पहुँच पुग्नेको जनसंख्या ९५ प्रतिशत, विद्युतीय पहुच प्राप्त परिवार ९९ प्रतिशत, रेल मार्ग ११२ किलोमिट र द्रुत लोकमार्ग ७६ किलोमिटर पुर्‍याउने लक्ष्य निर्धारण गरिएको छ।  अर्थमन्त्री डा. युवराज खतिवडाले जतिसक्यो छिटो १५ औँ पञ्‍चवर्षीय योजनालाई अन्तिमरूप दिनका लागि आग्रह गरेका छन्।

उनले यही योजनाका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताए। ‘बजेट ल्याउन अब दुई महिना बाँकी छ, छिटो योजना आयो भने बजेट बनाउन सजिलो हुन्छ’ अर्थमन्त्री खतिवडाले भने।

Next Post

पेटको वरिपरिको बोसो घटाउने केही सजिला तरिकाहरु यसप्रकार छन्

२१ चैत्र २०७५, बिहीबार १७:२७
पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने सबैभन्दा उत्तम उपाय हुन् । त्यसकारण […]