रारातालकाे पदमार्गमा सरसफाई अभियान

१६ मंसिर २०७५, आईतवार १४:५२

कालिकोट — कर्णाली प्रदेशको मुख्य पर्यटकिय गन्तब्य रारातालमा सरसफाइ अभियान संचालन गरिने भएको छ । जिल्लाको सदरमुकाम मान्ममा रहेको होटल हिल साइडका संचालक धमेन्द्र शाहीले रारा सरसफाई अभियानको तयारी गरेका हुन् । शनिवार सदरमुकाम मान्ममा पत्रकार सम्मेलको आयोजना गरी रारा पदमार्ग सरसफाइ गर्ने सार्वजनिक गरिएको हो । रारा तालमा होटेल हिलसाइड कालिकोट तथा सम्मिट आर्ट ट्राभल्स काठमाण्डौँको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम गरिने भएको छ ।

रारा तालमा पर्यटकहरूको संख्या वृद्धि हुँदै गएको फोहोरमैला त्यही आधारमा बढ्दै गएका कारणले सरसफाइ कार्यक्रम गर्न लागिएको हो । ‘हाम्रो नेपाल नेपालीलाई चिनाऔँ’ भन्ने नाराका साथ मंसिर १६ र १७ गते सरसफाइ गरिने हिल साइडका संचालक धमेन्द्र शाहीले बताए । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको ठुलो र प्रसिद्ध तालमा गर्न लागिएको सरसफाइ अभियान विशेष गरी पर्यटकीय क्षेत्रको प्रबद्र्वन गर्ने उद्देश्य रहेको सम्मिट आर्ट ट्राभल्स प्रालिका प्रवन्ध निर्देशक सोमबहादुर तामाङले बताए । ‘हामीले पर्यटन प्रवर्द्धन गर्नका लागि यो कार्यक्रम आयोजना गरेका हौँ ।’ उनले भने, ‘रारालाई चिनाउन र पर्यटक आकर्षित गर्न आवश्यक रहेको छ ।’

सस्तो तथा शुलभ खर्चमा खाठमाडौंदेखि रारा तथा पुनः राराबाट काठमाडौंसम्मको जम्मा १६ हजार ५ सय रुपैयाँमा ७ दिने भ्रमण गर्न सकिने त्यसको प्रचारप्रसार गर्न पनि रारामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको आयोजक होटेल हिल साइटका सञ्चालक धर्मेन्द्र शाहीले बताए । ‘आम नेपालीहरूले एकपटक रारा पुग्नैपर्ने भए पनि भौगोलिक कठिनाइसँगै योजनाबद्ध रूपमा रारा पुग्ने वातावरण बनाउन आवश्यक रहेको छ ।’ उनले भने, ‘आन्तरिक एवं बाह्य पर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लाष्टिकजन्य फोहोरको मात्रा बढ्दै गएको र त्यसको सफाइ नगरिए राराको सौन्दर्य बिग्रिने खतरा बढेका कारण सरसफाइ गर्न थालिएको हो ।’

करिव ५ लाखको लागतमा सरसफाइ अभियान संचालन गरिने बतानइएको छ । राराको वरिपोरी प्लाष्टिकजन्य पदार्थलगायतका फोहोर लाई व्यवस्थापन गर्न डस्विनको प्रयोग गरिने आयोजकले बताएको छ । व्यक्तिगत लगानीमा रारा पदमार्ग सरसफाइ अभियान पहिलो पटक गरिएको हो । कर्णाली प्रदेशको मात्र नभइ देशको आर्थिक कायापलट गर्न सक्ने रारा मात्रै होईन, रारा क्षेत्र स्थानीय जीवनशैली, बन्यजन्तु, स्थानीय खाना र फरक खालको भू बनावटले पनि अलौकिक र मनमोहक रारालाई सवैले संरक्षण गर्न जरुरी रहेको सहभागीले बताए ।

समुन्द्र सहतबाट ३ हजार मिटर उचाइमा रहेको रारा तालको गहिराई १ सय ६७ मिटर छ भने लम्बाई ५ किलोमिटर छ । यसको चौडाइ ३ किलोमिटर रहेको छ । रारा तालको एक फन्को लगाउन तीन घण्टा समय खर्चिनुपर्छ । १६ वर्ग किलोमिटर ताल वारपारको लम्बाई छ ।

Next Post

एकैसाथ दोहोरो खुसी, ब्यूटी विद अ पर्पस अवार्ड पनि श्रृंखलाकै पोल्टामा

१६ मंसिर २०७५, आईतवार १४:५२
काठमाडौँ – चीनमा भइरहेको मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् । यो अवार्डसँर्ग उनले सारा नेपालीका लागी दोहोरो खुसी दिएकी छन् । केही बेर अघि आफ्नो इन्स्टाग्राममा भिडियो शेयर गर्दै श्रृंखलाले आफूले ब्यूटी […]