श्रमिकको हकअधिकारका लागि लड्न सँधै अग्रसर छु : मन्त्री विष्ट

३ पुष २०७५, मंगलवार १५:४८

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकको हकअधिकारका लागि लड्न आफू सँधै अग्रसर रहेको बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयोजित ‘वैदेशिक रोजगारी : अबको बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा सुधारको राजमार्ग निर्माण गरिने बताए । उनले आन्तरिक श्रम बजारभित्र युवालाई उद्यमीसँगै स्वरोजगार बनाउनका लागि योजनाबद्ध काम गरिरहेको बताए ।

उनले आमजनताको हितमा सुधार गरिने काम रोक्न कुनै पनि प्रकारका अदृश्य शक्तिका प्रयत्नको कुनै मूल्य र औचित्य नहुने दाबी गरेका छन् । सरकार दृढ रुपले काम गर्न लागिपरेको भन्दै उनले भने, ‘सरकार नेपाली जनताहरुका, युवाहरुका र  श्रमिकहरुका लागि गरिने सुधारका कामहरुलाई प्रभावकारी बनाउन अगाडि बढ्नेछ । कहिलेकाँही सुधारका प्रयत्न रोक्नका लागि दबाब दिने, दंगा गर्ने जस्ता द्वन्द सिर्जना गरिनेछन् । तर यो मिथ्या प्रयन्त मात्रै हो । यसको कुनै अर्थ रहँदैन ।’

राष्ट्रको हितमा गरिने काम कुनै पनि प्रकारका षड्यन्त्रले रोक्न नसक्ने बताउँदै आप्रवासी नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरेको पनि उल्लेख गरे ।

आज विश्व आप्रवासन दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १ का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । सन् १९९० मा महासन्धि पारित भएपनि आप्रवासन दिवस भने सन् २००० बाट मनाउन सुरु गरिएको हो । नेपालले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ ।

Next Post

उद्योगमा वैदेशिक लगानी घट्यो, कुन क्षेत्रमा कति लगानी छ ?

३ पुष २०७५, मंगलवार १५:४८
काठमाडौँ – उद्योगमा वैदेशिक लगानी ४३.४८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको (२०७५/७६) पाँच महिनामा (मङ्सिरसम्म) ७ अर्ब ४७ करोड ५० लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । गत वर्षको यसै अवधिको तुलनामा वैदेशिक लगानीमा उल्लेख्य गिरावट आएको हो । जबकि गत वर्षको पाँच महिनामा १३ अर्ब १३ […]