उपचुनावमा रक्सीले टिल्लदेखि अंग्रेजी भाषणसम्मका उम्मेदवार

२१ कार्तिक २०७६, बिहीबार २२:१८

काठमाडौं – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार प्रतिनिधिसभाको एक र प्रदेशसभाका तीन वटा निर्वाचन क्षेत्रमा ६५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेशसभाका भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा क्रमशः १९, १० र १४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

उपचुनाव हुने क्षेत्रमध्ये सबैभन्दा धेरै चासो कास्की क्षेत्र नम्बर २ हो । प्रतिनिधिसभा सदस्यका लागि त्यहाँ २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दिन गएका कोही उम्मेदवार रक्सीले टिल्ल थिए भने कोही अंग्रेजीमै भाषण ठोकिरहेका थिए । जनकपुरबाट उम्मेदवार दिन आएका एकजनाले भने प्रस्तावक र समर्थकसमेत पाएनन् ।

जनकपुर–१४ देखि आएको बताउने डा. कृष्णचन्द्र प्रसाद साह प्रस्तावक र समर्थक खोज्दै निर्वाचन कार्यालय वरिपरि भौंतारिए । प्रस्तावक र समर्थक स्थानीय हुनुपर्छ । दुवै नपाएपछि उम्मेदवारी नदिने भन्दै नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई जीतको शुभकामनासहित बिदा भए ।

Next Post

सिमा अतिक्रमणविरुद्ध कालिकोटमा पनि विरोध प्रदर्शन

२१ कार्तिक २०७६, बिहीबार २२:१८
दिलिपकुमार शाही – कालिकोट, जिल्ला सदरमुखाम मान्म बजारमा पनि सिमा अभिक्रमणको विरोधमा प्रदर्शन गरिएको छ । नेकपाका भातृय संगठन अनेरास्युवियु र रास्ट्रिय युवा संघले भारितियले गरेको सिमा अतिक्रमणकाविरुद्धमा प्रदर्शन गरिएको हो । हालै भारतले गरेको राजनीती नक्सामा नेपालको कालापानी र लिपुलेख समेटियको भन्दै कालिकोटका आन्दोलन गरिएको छ । कालापानी लिपुलेक फिर्ता […]