कलिकोट – जिल्ला कारागारमा रहेका महिला कैदीहरुलाई समाचार थाहा पाउँनका लागि टेलिभिजन सहयोग गरिएको छ । समय विताउन र समाचाारको जानकारी लिनका लागि सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नरेश बमले टिभी सहयोग गरेका हुन् । महिला कैदीले पत्रकारसँग टेलिभिजनका लागि सहयोगी निकायको माग गरेपछि वडाध्यक्ष बमसँग खवर गर्दा टेलिभिजन सहयोग गरेका थिए ।
कैदी मिमकोशा बिष्टले भनिन् , ‘कारागारको बन्दी कोठाभन्दा बाहिरी संसार देखाउन टेभिजन सहयोग गर्ने जनप्रतिनिधिलाई धन्यबाद छ । अव देश विदेशको खवर, पत्रपत्रिकाको खवर पनि टेलिभिजनले दिने भएपछि ठुलो राहत भयो ।’
कैदी महिलाको माग बमोजिम नै एक सेट टेलिभिजन सहयोग गरेको अध्यक्ष नरेश बमले बताए । उनले भने, ‘मेरो पाउँने सुविधाबाट कैदी दिदिबहिनीलाई समाचार हेर्नका लागि टेलिभिजन सेट दिएको हुँ ।’ कैदीलाई परेको समस्या बारे नागरिकमा समाचार बाहिर आउँदा कारागारमा पुगेको बमले सुनाए । १६ हजार मुल्य रहेको टिभी कैदी महिलालाई सयोग गरिएको हो । सान्नी त्रिवेणी गाउँपालिका — ५ बाट निर्वाचित बम ६ नम्वर प्रदेशकै कान्छो उम्मेदवार हुन् । नेपाली कांग्रेसबाट निर्वाचित बम हाल २३ बर्ष उमेरका हुन् ।
जिल्ला कारागारको क्षमताभन्दा धेरै कैदी भए पछि खान वस्न पनि निकै समस्या भएको छ । हाल कारागारमा ५९ जना बन्दी रहेका छन् । जसमा ५५ जना पुरुष र ४ जना महिला रहेका छन् । १५ जनासम्म क्षमता भएको कारागारमा ५५ जना बन्दी रहेका छन । १० जना महिलाको क्षमता भएकोमा भने ४ जना महिला रहेको जेलर मोहनप्रसाद सर्माले बताए । शर्माका अनुसार, कारागार भित्र महिलाको खानेवस्ने राम्रो भए पनि पुरुषको भने विजोग भएको छ ।
सुत्नको लागि कोलियामा पल्टीनुपर्ने बाध्यता छ । कैदीहरुले कारागार भित्रै सिपमुलक तालिमको सहयोग गर्न सरोकारवालालाई सहयोग याचना गरेका छन् । बन्दी जिवन पछि बाहिर आएमा कुनै रोजगारका लागि सिप नै काम दिने भएकाले सिपमुलक तालिमको सहयोग मागेको चौकीदार लक्ष्मण शाहीले बताए ।
एक हप्ता अघि सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्वर बहादुर शाही र वडाध्यक्ष नरेश बम कारागारमा पुगेर बन्दीलाई खेलकुद सामाग्री सहयोग गरेका थिए । वडाध्यक्ष बमले गरेको सहयोग कारागारमा वस्ने महिला कैदीका लागि महत्वपुर्ण काम भएको जेलेर मोहनप्रसाद शर्माले बताए । जिल्ला कारागारमा रहेका सवै गदैले बमको जस्तै सहयोग हातहरुको अझौ आगमनको आशा गरेका छन् ।


