कर्णाली प्रदेशमा ९ जनामा कोरोना संक्रमण

११ जेष्ठ २०७७, आईतवार २२:०९

सुर्खेत -कर्णालीमा काेराेना स‌ंक्रमणकाे संख्या ९ पुगेकाे छ । कर्णाली प्रदेशमा  आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश प्रयोगशालामा पाँच जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाएर पाँचै जनाको पुन:पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य  निर्देशक डा. रीता भण्डारीले जानकारी दिइन्। यो सँगै कर्णालीमा कोरोनाबाट संक्रमण हुनेको संख्या ९ पुगेको हाे ।

दैलेख सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिका–६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय एक पुरुषसँगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएका हुन्।

संक्रमण पुष्टि भएका पाँचै जनालाई आइतबार नै सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसुलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए। स्वास्थ्यकर्मीहरुको सल्लाहमा संक्रमण देखिएका दम्पतिसंगै एक वर्षीय एक बालक पनि आइसुलेसनमा राखिएको डुङ्गेश्वर गाउपालिका-१ का वडाध्यक्ष लोकबहादुर डाङ्गीले बताए ।

Next Post

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

११ जेष्ठ २०७७, आईतवार २२:०९
सुर्खेत– कर्णालीमा कोरोना संक्रमणको संख्या ११ पुगेको छ । कर्णाली प्रदेशमा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश प्रयोगशालामा थप दैलेख गुराँस गाउँपालिकाको २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि ११ जनाको पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण […]