आर्थिक समृद्धि हासिल गर्न धेरै समय लाग्दैन : प्रधानमन्त्री

११ मंसिर २०७५, मंगलवार १०:३९

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छन्।

उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को प्रथम बैठकलाई साेमवार सिंहदरबारमा सम्बोधन गर्दै उनले उत्पादनका नयाँ क्षेत्र पहिचान गरी त्यसलाई कार्यान्वयन गरेर दुई अङ्कको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न सकिन्छ भने। उनले भने, “परम्परागत ढङ्गले धान, गहुँ, आलु फलाएर मात्र आर्थिक वृद्धि र समृद्धि हासिल हुँदैन, खनिज पदार्थको उत्खनन र कृषिको आधुनिकीकरणमार्फत देशलाई समृद्ध बनाउन सकिन्छ।”

प्रधानमन्त्री ओलीले देश निर्माणको प्रमुख आधार सुशासनको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनुपर्ने बताउँदै सरकार यथाशक्य लचिलो भएर ऐनकानून परिमार्जन गर्न तयार रहेको जानकारी दिए।

सङ्घीय संसद्को आगामी अधिवेशनमा आफ्ना क्षेत्रमा भएका ऐनकानूनका अप्ठ्यारालाई लिपिबद्ध गरेर संसद् सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले आग्रह गरे। उनले भने, “संसद्को आगामी अधिवेशनमा संशोधन गर्नुपर्ने ऐनकानूनहरु कारणसहित पेश गर्नुहोस्, हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्छौं।” रासस

Next Post

अन्तरिक्ष यान मंगलग्रहमा अवतरण, ट्रम्पले दिए बधार्इ

११ मंसिर २०७५, मंगलवार १०:३९
लस एन्जलस- अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ। उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ। मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको […]