बेस्ट कर्णाली मिडियाको तेस्रो वार्षिक उत्सव

४ माघ २०७४, बिहीबार १९:०३

कालिकोट-बेस्ट कर्णाली मिडियाको तेस्रो वार्षिक उत्सव विहिवार एक समारोहका विच सम्पन्न भएको छ । २०७२ सालमा स्थापन भएको मिडियाको सदरमुकाम मान्ममा तेस्रो वार्षिक उत्सव मनाइएको हो । बेस्ट कर्णाली मिडियाका अध्यक्ष पवित्रकुमार शाहीको अध्यक्षता, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको प्रमुख आथित्यतामा उत्सव मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि पाण्डेले दिप प्रज्वल गरेर मिडियाको बार्षिक उत्ववको उद्घाटन गरेका थिए ।

बार्षिक उत्सव कार्यक्रमको सफलताको शुभकामना दिदै पत्रकार महासंघका अध्यक्ष पाण्डेले मिडियाको तेस्रो बार्षिक उत्वसवमा राम्रो काम गरेकोमा प्रसंसा गरे । उनले भने, ‘बेस्ट कर्णाली मिडिया मार्फत संचालित साप्ताहिक पत्रिका र अनलाईन पत्रिकाले समाजका राम्रा कामलाई प्रसंसा र नराम्रा कामलाई खबदारी गर्ने काम गरेकोछ ।’आगामी दिनमा पनि सत्य तथ्य र निश्पक्ष रुपमा कलम चलाउन सहभागी लाई आग्रह उनले गरेका थिए । वार्षिक कार्यक्रममा शुभकामना मन्तव्य दिदै नेकपा एमाले कालिकोटका सचिव चित्रसिंह गाउँलले बेस्ट कर्णाली मिडियाद्धाराप्रकाशन हुने साप्ताहिक पत्रिका र अनलाई पत्रिकाले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।

उनले भने, ‘स्थानीय तथा खस भाषाको पहिचानका लागि पनि प्राथामिकतामा राख्नु जरुरी छ ।’त्यस्तै नेपाली कांग्रेस कालिकोटका प्रवक्ता नगेन्द्र बिष्टले तेस्रो वार्षिक उत्सवको शुभकामना मन्तव्य राख्दै मिडिया आजको महत्वपुर्ण अंग बनेको बताए । नेकपा माओवादी केन्द्रका यूवा नेता दिनेश चदाँराले जिल्लामा शुसाशन र विकासका क्षेत्रमा बेस्ट कर्णाली मिडियाले प्रसंसनिय काम गरेको बताए ।

कार्यक्रमका अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य कालीबहादुर मल्लले शुभकामना दिदै विगत तिन बर्षदेखि मिडियाको क्षेत्रमा निष्पक्ष काम गर्दै आएको बताए । उनले भने, आगामी दिनमा पनि राम्रा कामको उजागार र बेथितीको खबदारी गर्नुपर्ने हुन्छ ।
वार्षिक उत्सव कार्यक्रम रेडियो चंखेलीका स्टेशन म्यानेजर दिलिपकुमार शाहीले संचालन गरेका थिए । बेस्ट कर्णाली मिडियाद्धारा मिसन न्युज साप्ताहिक पत्रिका, मिसनईन्युज अनलाईन पत्रिका, स्थानीय तथा राष्ट्रीय मिडिमा विज्ञापन एजेन्सीको काम गर्दै आएको छ ।

मिडियाका अध्यक्ष पवित्रकुमार शाहीले बार्षिक उत्सवको अवसरमा आगामी दिनमा समृद्धिको बाटो नामक रेडियो कार्यक्रम उत्पादन गर्ने बताए । संचार माध्ययम तथा पत्रकारितामा योग्दान पुगाउने पत्रकारलाई कार्यक्रममा सम्मा गरिएो थियो । बार्षिक उत्सवको उवसरमा रिपार्टस क्लव नेपाल ६ नम्वर प्रदेश संयोजक लंकराज धमाला, क्लवका जिल्ला अध्यक्ष विश्वनाथ सिम्खाडा, हाम्रो कर्णाली खवर दैनिक पत्रिमा कार्यरत रमेश रावल र अन्नपुर्ण दैनिकका संवाददाता विष्णु न्यौपानेलाई सम्मान गरिएको थियो । स्थानीय चार वटै रेडियोलाई सम्मानगरएको थिो ।

 

Next Post

‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’

४ माघ २०७४, बिहीबार १९:०३
काठमाडौं – रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै  घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा  दुवै खुट्टा गुमाए । सन् २०१० मा अफगानिस्तानमा विद्युतीय धरापमा परेपछि दुवै खुट्टा […]

You May Like