लुम्बिनीमा बहुमतप्राप्त दलको हैसियतले एमालेले सरकार बनाउने

एकल सरकार गठनकालागि राजीनामा दिएको दावी

मिसन न्यूज १९ बैशाख २०७८, आईतवार ११:४९

दाङ – लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेलले एकल बहुमतको सरकार गठनको गृहकार्य थालेका छन् ।

एमालेले बहुमतप्राप्त दलको हैसियतले पुनः सरकार बनाउने गरी उनले गृहकार्य थालेको बताइएको छ । संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउने बाटो खोल्नकै लागि उनले राजीनामा दिएको स्पष्ट पारेका छन् ।

आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको भन्दै उनले अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने दाबी गरेका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई जना र जनता समाजवादी पार्टी (जसपा)का चार जना सांसद पदमुक्त भएकाले ८१ सदस्यीयमा सीमित छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेको मात्रै ४१ जना सांसद छन् । कायम सांसद संख्याको बहुमतका आधारमा नयाँ सरकार गठन गर्न पनि ४१ जना नै चाहिने स्थिति छ ।

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध एमाले, कांग्रेस र जसपाले वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमाथि आजै छलफल गरिँदै थियो ।

Next Post

मुख्यमन्त्री पुनः पोखरेललाई बनाउने एमाले संसदीय दलको निर्णय

१९ बैशाख २०७८, आईतवार ११:४९
काठमाडौं – नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य विष्णु पन्थीले बताए । ‘दलको बैठक बसेर नयाँ सरकार फेरि शंकर पोखरेलकै नेतृत्वमा बनाउने निर्णय गरेको […]