ट्रम्पलाई सुरुमै दाँतमा ढुङ्गो, सांसदको वहिष्कार

५ माघ २०७३, बुधबार ०४:३०

वासिङ्गटन: आगामी शुक्रबार डोनाल्ड ट्रम्पको ४५औं अमेरिकी राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी कांग्रेसका २६ सांसदले अस्वीकार गर्ने भएका छन् ।

अमेरिकामा दुई सदनात्मक ब्यवस्थापिका संसदलाई राष्ट्रिय कांग्रेस भनिन्छ । तल्लो सदन (प्रतिनिधि सभा) र माथिल्लो सदन (सिनेट) समेत गरी यसको दुवै सदनमा सदस्य संख्या जम्मा ५ सय ३५ छ ।

केही दिनअघि मात्र अमेरिकी नागरिक आन्दोलनका अगुवा तथा डेमोक्र्याटिक पार्टीका सम्मानित सदस्य जोन लुइसले ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा राखेपछि ट्रम्पले उनको चर्को आलोचना गर्दै सिंगो डेमोक्र्याटिक पार्टीलाई समेत तथानाम गाली गरेका थिए ।

यसको कडा प्रतिबादस्वरुप २६ जना डेमोक्र्याट कांग्रेस सदस्यहरुले औपचारिक शपथ ग्रहण समारोह बहिष्कार गर्ने बताएका हुन् ।

युरोपमा ट्रम्पको तीब्र आलोचना

यसैबीच, नवनिर्वाचित डोनाल्ड ट्रम्पले बेलायती र जर्मनी पत्रिकालाई अन्तर्वार्ता दिँदै बेलायतले युरोपेली संघ त्याग गर्नेबारे गरेको पूर्वनिर्णयको प्रशंसा गरेका थिए ।

उनले बेलायतले जस्तै अन्य देशले पनि बिस्तारै युरोपेली संघ त्याग गर्दै जाने विश्वास व्यक्त गरेपछि युरोपमा उनको कडा आलोचना सुरु भएको छ ।

ट्रम्पले ठूलो संख्याका शरणार्थीलाई जर्मनीमा स्वगत गर्ने जर्मनीकी चान्सलर एन्जेला मर्केलको नीतिको पनि तीब्र आलोचना गरेका थिए ।

उनको यस्ता अभिव्यक्तिहरु बर्लिन र पेरिसले पटक्कै रुचाएका छैनन् । तत्कालै प्रतिक्रिया दिँदै चान्सलर मर्केलले युरोपेलीहरुको भाग्य आफ्नै हातमा रहेको बताइन् ।

साथै उनले युरोपेलीहरुबीचको वलिष्ठ एकता नै ट्रम्पलाई गतिलो जबाफ हुने भन्दै कडा आलोचना गरेकी छन् ।

ट्रम्पको ब्रेक्जिटको अभिव्यक्तिको जवाफ दिँदै चान्सलर मर्केल र र फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्दले युरोप आफ्नो मूल्य मान्यताबाट निर्देशित हुने बताएका थिए ।

उनीहरुले आफ्नो मार्ग तय गर्न बाहिरिया उपदेशको आवश्यकता नरहेको भन्दै अनावाश्यक टिप्पणी नगर्न पनि चेतावनी दिएका छन् ।

Next Post

अब टेलिकम फ्रिक्वेन्सीमा ‘अक्सन’, विदेशी कम्पनी आए युनिफाइड लाइसेन्स

५ माघ २०७३, बुधबार ०४:३०
काठमाडौं । नेपालमै पहिलोपटक दूरसञ्चार फ्रिक्वेन्सीलाई मोल बढाबढ (अक्सन) गरेर बिक्री गरिने भएको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित यो पद्धतिलाई नेपाल दूरसञ्चार प्राधिकरणले पहिलोपटक अबलम्बन गर्न लागेको हो । अहिलेसम्म नेपालमा ‘फस्र्ट कम फस्र्ट प्रायोरिटी’ अर्थात पहिले आउनेले नै प्राथमिकता पाउने आधारमा फ्रिक्वेन्सी दिने गरिएको थियो । अब भने सेवाप्रदायक […]