यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला प्रहरी कठ्गेरामा

२१ बैशाख २०७५, शुक्रबार १५:२९

काठमाण्डौ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन्। सिटौलालाई महासंघको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा रिपोर्टस् क्लबको कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सादा पोसाकमा आएका प्रहरीले सिटालालाई पक्राउ गरेर महानगरिय प्रहरी परिसर टेकुमा लगेको छन्।

महासचिव सिटौला पक्राउ परेलगत्तै महासंघका अध्यक्षले व्यवसायीलाई तर्साउनका लागि देशभरबाट यातायात व्यवसायी तथा पदाधिकारीलाई पक्राउ गरिएको आरोप लगाएका छन्। सरकारको धरपकडबाट आफूहरूको आन्दोलन निस्तेज नहुने दाबी समेत गरे। ‘सरोजलगायतका पदाधिकारी तथा व्यवसायीलार्इ देशभरबाट पक्राउ गरिएको छ,’ उनले भने, ‘हामीलाई तर्साउनका लागि पक्राउ गरिएको हो। हामी अपराधी होइन, अवरोध गरेको होइन, हामीलाई कुनै डर छैन।’

Next Post

रक्सीको कमाल : सुखत रहेन वडाध्यक्ष संज्यालको रंगीन रात

२१ बैशाख २०७५, शुक्रबार १५:२९
सुर्खेत- कालिकोट रास्कोट नगरपालिका वडा नम्बर १ का अध्यक्ष नवराज संज्याल प्रहरीको फन्दामा परेका छन् । रक्सी खाएर सुर्खेतको एक दोहोरीमा रमेका वडाध्यक्ष संज्यालले मध्यरात तमसा देखाएपछि प्रहरीले खोरमा हालेको हो । पशु तथा कृषि सम्वन्धि अन्तर जिल्ला अवलोकन तथा भ्रमणमा गएका संज्यालसहितका ३ जना पक्राउ गरिएको प्रहरीले बताएको छ […]