प्रचण्ड र कांग्रेस विचकाे गाेप्य खुलासा, कांग्रेसले मुद्दा उठाउने, प्रचण्डले मिडिया प्रयाेग गर्ने

१५ बैशाख २०७७, सोमबार १७:५८

काठमाडाैँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सहित उनीपक्षीय नेता र कांग्रेसका प्रभावशाली नेताहरुबीचको गोप्य भेटवार्ताले केपी ओली नेतृत्वको सरकार ढाल्ने आन्तरिक र बाह्य रणनीति तय गरेको छ । शनिबार भएको बैठकले सरकार ढाल्नका लागि के के गर्ने भन्ने बारेमा आन्तरिक र बाह्य रणनीति तय गरेको बुझिएको छ।

राप्रपाका पूर्व अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाको मालीगाउँस्थित निवासमा भएको गोप्य वार्ताले सरकार ढाल्ने विषयमा आन्तरिक र बाह्य रणनीति तय गरेको हो । थापा निवासमा भएको जमघटमा प्रचण्ड सहित हरिबोल गजुरेल, जनार्दन शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, पूर्णबहादुर खड्का र रमेश लेखक सहभागि थिए ।

जमघटमा नेकपा भित्रबाट सरकार ढाल्नका लागि आफूले आवश्यक सम्पूर्ण भूमिका खेल्ने र त्यसका लागि बजारमा ल्याइएका विषयवस्तुमा आधारित भएर कांग्रेसले सडक आन्दोलन चलाउनु पर्ने प्रचण्डको प्रस्ताव थियो । अप्रमाणिक हल्लाहरुलाई मुद्दा बनाएर त्यसैलाई राष्ट्रिय मुद्दाको रुपमा अगाडि सार्न मिडियाको सदुपयोग गर्ने विषयमा पनि उनीहरुबीच छलफल भएको थियो ।

उनीहरु वर्तारत रहेकै बेला कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का भारतीय राजदूत विनयमोहन क्वात्रासँग जरुरी भेट भएको भन्दै भेलाबाट बाहिरिएका थिए । एमालेसँग एकता गरे पनि प्रचण्डले आफ्नो राजनीतिक लाइन जातीय क्षेत्रीय स्वायत्तता भएको वताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व एमालेका नेताहरुबीच समझदारी कायम रहे आफ्नो काम सफल नहुने भन्दै मैदानमा आफू नदेखिनेगरी माधव नेपाललाई अघि सारेको वताएका थिए ।

समाचार प्रकाशित भएपछि राप्रपाका नेता सुनिल थापाले नेकपाको बिग्रहको प्रक्रिया र सरकार ढाल्ने प्रक्रियामा आफू भने संलग्न नभएको बताएका छन् ।

Next Post

प्रधानमन्त्री ओलीको दोस्रो देश प्रेमी कविता ‘बन्छ नमुना नेपाल’

१५ बैशाख २०७७, सोमबार १७:५८
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी कविता सृजना गरेका छन् । देश विकासकाे सपना साकार गर्न प्रम ओलीले सृजनाबाट पनि सन्देश दिएका हुन् । समृद्ध नेपाल सुखी नेपालीकाे नारा लिएका ओलीले कविता रचनामा समेत केन्द्रीत हुन थालेका छन् । उनले पछिल्ला दुई दिनमा दोस्रो कविता समेत रचना गरेका छन् । मजदूर दिवसका दिन […]