५० शैयाकाे माग गर्दै महासचिवले स्वास्थ्यमन्त्रीलार्इ बुझाए ज्ञापनपत्र

२४ माघ २०७३, सोमबार १४:४७

काठमाडौँ । कालिकोट जिल्ला अस्पताललाई ५० शै्याको बनाउनमा माग गर्दै कालिकोटबासीले स्वास्थ्यमन्त्री गगनकुमार थापालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल तरुण दलका महासचिव एवम् काँग्रेस कालिकोटका नेता भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री थापालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

शाहीले कालिकोटमा विशेषज्ञ डाक्टर नहुँदा अकालमा धेरै मानिसले ज्यान गुमाउनुपरेको भन्दै जिल्लामा नै ५० शै्याको अस्पताल माग गरिएको बताए । उनले भने, “ कालिकोटबासी स्वास्थ्य उपचारका लागि नेपालगञ्ज, काठमाडौँलगायतका सहर पुग्नुपरेको र गरिबले स्वास्थ्य उपचार नपाएर मर्नुपरेको छ ।”

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री थापाले कर्णाली अञ्चल हरेक हिसाबले पछाडि परेको भन्दै कर्णाली र कालिकोटको स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय सँधै लाग्ने बताए ।

उनले भने, “स्वास्थ्य मन्त्रालय प्रतक्ष्य जनतासँग जोडिएको मन्त्रालय हो तपाईँहरुले सामाजिक काम लिएर आउनुभएको छ यसमा म सकारात्मक छु ।” मन्त्री थापाले कालिकोट जिल्ला अस्पताललाई चाँडै नै ५० वेडको अस्पताल बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

Next Post

तिन दशकपछि जहाज चड्ने सपना साकार हुँदै, माघ मसान्तमा परीक्षण उडान

२४ माघ २०७३, सोमबार १४:४७
कालिकोट– ३१ वर्षपछि कालिकोटवासीको जहाज चढ्ने धोको पूरा हुने भएको छ। माघ महिनाको मसान्तसम्म परीक्षण उडान हुने भएपछि कालिकोटवासीले जहाज देख्ने भएका छन्। तीन दशकसम्म अन्यौलमा परेको विमानस्थलमा बल्ल जहाज आउने निश्चित भएको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा अनुगमन तथा अवोलकन गर्न पाइलट र […]