गाउँपालिका भित्रका नागरीकलाई निशुल्क स्वास्थ्य विमा

२८ माघ २०७७, बुधबार १६:०८

कालिकोट- जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकाले गाउँपालिका भित्रका आफ्ना नागरीकहरु लाई निशुल्क स्वास्थ्य विमा गर्ने भएको छ । गाउँ कार्यपालिकाको वैठकले आफनो गाउँपालिका भित्रका विषेश गरी, दलित, एकल महिला,र शहिद परिवारहरुका लागी गाउँपालिकाले २० लाख रकम विनियोजन गरी विमा सुरु गर्ने जनाएको छ ।

यहाँका नागरीकहरुले अझैपनी औषधी उपचार नपाएरै ज्यान गुमाउनु पर्ने वाध्यताको अन्त्य गर्न गाउँपालिकाले एक घरको पाँच जनाको विमा गर्ने गाउँपालिका अध्यक्ष डम्वर बहादुर शाहीले जानकारी दिए । उनका अनुसार, धरैजसो नागरिकले बिरामी परेमा मात्र अस्पताल जाने नत्र भने, स्वास्थ्य चेकजाँज नगर्ने भएको हुदा गाउँपालिकाले आफ्नो नागरिकहरुको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरिएको अध्यक्ष शाहीले बताए ।

यसले गर्दा अव नियमित स्वास्थ्य जाँच गर्ने विश्वास लिएका छौँ । आर्थिक अवस्था कमजोरका साथै जनचेतनाको अभावले पनी स्वास्थ्य .संस्थामा नियमित उपचार गदैनन् । अव निशुल्क भएपछी गाउँपालिका भित्रका नागरिकहरुले रोग पालेर बस्ने छैनन् । कालिकोटमा आफनो नागरीकहरुका लागी निशुल्क स्वास्थ्य विमा गर्ने पहिलो गाउँपालिका पनी रहेको छ । पहिलो पटक आफनो नागरीकहरुको लागी गरेको निर्णयको सवैले प्रशंसा गरेका छन ।

Next Post

राज्यविरुद्धको कसुर गरेको आरोपमा रामकुमारी झाँक्री पक्राउ

२८ माघ २०७७, बुधबार १६:०८
काठमाडौं – प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् […]

You May Like