मिसन ग्रासरुट

मिसन ग्रासरुट: एमाले नेता शाही जुम्लाका गाउँगाउँमा 

मिसन न्यूज १७ फाल्गुन २०७९, बुधबार १५:०५

जुम्ला- नेकपा एमालेका केन्द्रीय सदस्य नगिन्द्र शाही (नेस्नल) जुम्लाका गाउँगाउँमा पुगेका छन् ।

आगामी चुनावमा एमालेलाई एक नम्बरको पार्टी बनाउन संगठन सुदृढीकरण तथा विस्तार गर्न पार्टीकाे “मिसन ग्रासरुट” भियानमा लागेका हुन । कालिकोट ईन्चार्ज समेत रहेका शाहीको जुम्ला कार्यक्षेत्र परेकाे छ ।

जुम्लाका दुर्गम गाउँमा पार्टी विस्तार अभियानमा व्यस्त रहेको नेता शाहीले मिसन न्युजलाई बताए । लाेकप्रियताकाे आधारमा जुम्लामा पनि एमाले पहिलो पार्टी रहेको नेता शाहीले बताए ।

आगामी चुनावमा माओवादी  शुन्यमा पुग्ने शाहीले बताएका छन् । शून्यमा पुग्नुको मुख्य दोष प्रचण्डको नै हुने उनले बताएका छन् । मिसन ग्रासरुट अभियान अन्तर्गत जुम्लाका बस्तीहरुमा नेता कार्यकर्ताकाे साथमा जनतासंग भलाकुसारी गरिरहेको उनलेे बताए ।

एमालेको मिसन ग्रासरुट अभियानले देशको कुना कुनामा रहेका जनताले के चाहना गरेका छन्, कसरी अवस्था परिवर्तन गर्न सकिन्छ सवै बिषयको खोजी नेताहरुले गरिरहेका छन् ।

जनताको बहुदलिय जनवादको माध्यमबाट समाजवादमा पुग्ने बाटो तय गर्न एमालेले मिसन ग्रासरुट अभियान थालेको हाे ।

Next Post

एमाले नेपाली जनताको अक्सिजन हाे : एमाले नेता रावल

१७ फाल्गुन २०७९, बुधबार १५:०५
कालिकोट – नेकपा (एमाले) का केन्द्रीय सदस्य दलबहादुर रावलले नेकपा (एमाले) नेपाली जनताको अक्सिजन जस्तै भएको बताए । मिसन ग्रासरुट अभियानको सिलसिलामा कालिकोट खटिएका नेता रावलले साे कुरा बताएका हुन । कालिकोटकाे पचालझरना गाउँपालिकाकाे बाॅझकोटको भेलामा रावलले मिसन ग्रासरुट अभियानमा एमाले नेता कार्यकर्ता जाग्नुपर्ने समेत बताए । मिसन ग्रासरुट अभियानमा […]