संविधान संशोधनविरुद्ध एमाले उभिने, आवेशमा नअाउन ओलीको निर्देशन

११ फाल्गुन २०७३, बुधबार १२:१४

काठमाडौं- नेकपा एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा उभिने भएको छ। संसद सुरु हुनु भन्दा अगाडी बसेको पार्टीको संसदीय दलको बैठकले प्रस्तावको सालिनतापूर्वक विरोध गर्ने निर्णय गरेको छ।

अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव गैर संवैधानिक भएकाले कुनै पनि हालतमा पारित हुन नसक्ने र हुन नदिइने बताउँदै एमाले सहितका नौ दलको निर्णयपछि मात्र संसद्मा कसरी प्रस्तुत हुनेभन्ने निक्र्योल हुनेबारे जानकारी गराएको सांसद रेवतीरमण भण्डारीले जानकारी दिए।
‘संशोधन विधेयकको सालिनतापूर्वक विरोध गर्छौ’, एमाले सांसद रेवतीरमण भण्डारीले भने, ‘बैठकले आवेशमा नआउने सालिनतापूर्वक विरोध गर्ने निर्णय गरेको छ।’

अध्यक्ष केपी शर्मा ओलीले आवेग र उत्तेजनामा होइन, जिम्मेवारी र होसियारीपूर्वक संसद्मा प्रस्तुत हुन सांसदलाई निर्देशन दिएको उनले बताए।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको संसदीय दल र संसदीय विभागको संयुक्त बैठकमा उनले आगामी वैशाख ३१ का लागि प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचनलाई बाधा नहोस् भन्ने ढङ्गबाट होसियारीपूर्वक प्रस्तुत हुन निर्देशन दिएका हुन्।

अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव गैर संवैधानिक भएकाले कुनै पनि हालतमा पारित हुन नसक्ने र हुन नदिइने बताउँदै एमाले सहितका नौ दलको निर्णयपछि मात्र संसद्मा कसरी प्रस्तुत हुनेभन्ने निक्र्योल हुनेबारे जानकारी गराएको सांसद रेवतीरमण भण्डारीले जानकारी दिए।

‘चुनाव जुनसुकै हालतमा पनि वैशाख ३१ मै हुनुपर्छ, गराउनुपर्छ, सरकारसँग हाम्रो अरु कुनै माग र अडान छैन, एक मात्र माग भनेको निर्वाचन मात्रै हो, यसमा हामी सरकारलाई बिनाशर्त सहयोग गर्छौं, सहयोग भूमिका निर्वाह गर्ने छौं।’

बैठकले दलले अघि सारेका मेची–महाकाली अभियानलाई अत्यन्तै सफलतापूवर्कक सम्पन्न गर्न सबै पार्टी पङ्क्तिलाई त्यसै अनुरुपको भूमिका र जिम्मेवारी बहन गर्न निर्देशन दिने निर्णयसमेत गरेको छ।

सरकारले संसदमा दर्ताको गरेको संशोधन विधेयकको नेकपा एमालेले विरोध गर्दै आइरहेको छ। विधेयकबारे अन्तिम निर्णय लिन एमाले सहित संशोधनको विपक्षमा रहेका ९ दलको अहिले बैठक बसिरहेको छ। ९ दलको बैठकले अन्तिम निर्णय गर्ने भण्डारीले बताए। संविधान संशोधन विधेयकलाई बुधबारको संसद बैठकको कार्यसूचिमा राखिएको छ। नागरिक न्युजबाट

Next Post

पर्यटन विकासको करोडौँ बजेट धुलोमै उडेर सकिन्छ

११ फाल्गुन २०७३, बुधबार १२:१४
जुम्लाः यस वर्ष पनि कर्णालीको पर्यटन पूर्वाधार विस्तारका लागि सरकारले यहाँस्थित कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई सरकारले उपलब्ध गराएको चार करोड ६८ लाख रुपैयाँ बजेट दुरुपयोग भएको गुनासो बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बिनियोजित बजेट विगतका योजनाझैँ पुनःपदमार्ग, मन्दिर, धर्मशाला, विश्रामस्थल र भ्यू टावर निर्माणमै […]