महासचिव शाहीको नेतृवमा स्वास्थ्य मन्त्रीलाई भेट्ने तयारी

२३ माघ २०७३, आईतवार १६:५२

कालिकाेट: जिल्ला अस्पताल कालिकोट लाई ५० शैया बनाउन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको नेतृत्वमा कर्णालीवासी स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र दिने भएका छन् । सोमावार महासचिव शाही र कर्णाली,कालिकोटका सरोकारवाला स्वास्थ्य मन्त्री गगनकुमार थापालाई भेट्ने भएका हुन ।
जटिल प्रकारका रोगका बिरामीहरु जिल्ला बाहिर गएर उपचार गर्न बाध्य भइरहेका भन्दै जिल्ला अस्पताललाई ५० शैयाको बनाएमा कालिकोटका बिरामीहरुलाई ठूलो राहत मिल्ने नेता भुपेन्द्रजंग शाहीले बताए ।
नेपाल तरुण दलको भर्खरै पदभार सम्हालेका महासचिव शाहीले जिल्ला अस्पतालमा ५० शैया बनाउन आफ्नो तर्फबाट निरन्तर लाग्ने बताए । उनले जिल्ला अस्पतालाई ५० शैयाको बनाउनका लागि प्रक्रिया अघि बढेकाले जसरी पनि अस्पतालाई ५० शैयाको बनाएरै छाड्न स्वास्थ्य मन्त्रालयमा पहल गर्ने बताए ।
५० शैयाको अस्पताल भएमा विरामीलाई सुविधा प्रदानका साथै सरसफाई, रङरोगन, विद्युतिकरण लगायतका थुप्रै कामहरु हुने अस्पतालले बताएको छ । जिल्ला अस्पताल लाई ५० बेडको बृहत अस्पताल बनाउने अभियान अन्तर्गत सोमबार स्वास्थ्य मन्त्री गगनकुमार थापासंग भेटघाट कार्यक्रम रहेको तरुण दलका महासचिव शाहीले बताए । जिल्ला अस्पतालमा एउटा विशेषज्ञ डाक्टर समेत नहुँदासम्म राज्यले ध्यान नदिएकाले स्वास्थ्य मन्त्रालयमै गएर माग पत्र पेस गर्ने जनाइएको छ । हाल जिल्ला अस्पतालमा १५ शैयाको सेवा मात्र छ ।

Next Post

this is a caption

सुन तस्करीमा सघाउने एसएसपी पक्राउ

२३ माघ २०७३, आईतवार १६:५२
काठमाडौः प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरेको छ । पुस २१ गते भन्सार कार्यालयका कर्मचारीसँगको संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिर लैजान सघाएको पुष्टि भएपछि सीआईबीले खत्रीलाई आइतबार प्रहरी मुख्यालयबाटै पक्राउ गरेको हो […]