पत्रकार पुडासैनीकाे आत्महत्यापूर्व डोरी किनेको पसल भेटियो

२ भाद्र २०७६, सोमबार १३:५३

चितवन– आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको हो ।

चितवन प्रहरीले श्रेष्ठको पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क लगेर थप अनुसन्धान थालेको हो ।

नारायणगढ बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे आएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए । बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमा देखिएको छ । लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको चितवन प्रहरी स्रोतले बतायो ।

होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ । धेरैबेर बसेपछि होलसेल पसलकी आमाले डोरी दिन कामदारलाई भनेकी थिइन् ।

पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर दिएको दृश्य भिडियोमा छ । पुडासैनीले पैसा तिरेर प्लाटिकको झोलामा राखेर डोरी लगेको देखिन्छ ।

Next Post

बसपार्क नहुँदा चरम सास्ती

२ भाद्र २०७६, सोमबार १३:५३
सुर्खेत – विरेन्द्रनगरमा सिटी बसपार्क सुचारु नहुँदा गाडी पार्किङ्गमा समस्या भएको छ । काम सम्पन्न भएको करिव दुई महिना हुदा पनि बसपार्क अहिलेसम्म शुरु नभएपछि पार्किङमा समस्या आएको हो । पहिलेको कामचलाउ बसपार्क हुदाँ गाडी पार्किङमा भने, जेनतेन चलेको थियो । २०५४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित नेतृत्वको कार्यकालपछि सिटी बसपार्कको चर्चा […]