कर्णालीमा भ्रष्ट्राचार विरुद्ध हस्ताक्षर अभियान

२३ भाद्र २०७४, शुक्रबार १८:४०

कालीबहादुर मल्ल-
कालिकोट — जिल्लामा भ्रष्ट्राचार विरुद्धको राष्ट्रिय हस्ताक्ष अभियान यस जिल्लामा पनि भदौ २३ गते सुरु गरिएको छ । “भ्रष्टचार विरुद्ध सून्य सहनशिलता, म सवैखाले भ्रष्ट्राचारको विरोध गर्दै, सदाचार प्रति प्रतिवद्ध रहने छु” । भन्ने मुल नाराकासाथ अभियानको सुरुवात गरिएको हो । सोही नारा लेखीएको प्रतिवद्धता व्यानरमा नगरपालिका का प्रमुख, गाउपालिकाहरुका अध्यक्ष, वडा अध्यक्ष संघ सस्था, पत्रकार राजनीति दललगाएतले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरिएको व्यानर स्थानीय तहका जनप्रतिनिधिलाई हस्तान्त्रण गरिएको छ ।

भ्रष्ट्रार नगर्ने भन्दै हस्ताक्षर गर्दै खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डे ।
भ्रष्ट्रार नगर्ने भन्दै हस्ताक्षर गर्दै खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डे ।

हस्ताक्षर गरिएको व्यानर वुझ्दै खाँडचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेले यो प्रतिवद्धता कार्यन्वयनगर्दै नागरिकलाई सूचनाको हकको प्रत्याभुत गरउादै भ्रष्ट्रचारको अन्त्यका लागि कटिवद्धभइ लाग्ने प्रतिवद्धता जनाए । इन्सेक, नागरिक समाज सञ्जाल, किर्डाक, आरडिएन, सहास, आरआरएनलगाएतका नागरिक समाजका सस्थाहरुको संयुक्त पहलमा जिल्ला सदरमुकाम मान्ममा हस्ताक्षर अभियानको सुरुवात गरिएको हो ।

 

Next Post

यसरी खुल्लेआम ट्राफिक प्रहरी घुस लिँदै

२३ भाद्र २०७४, शुक्रबार १८:४०
दैलेख ः सुर्खेत—दैलेख सडक खण्ड अन्तर्गत पर्ने रानीमता र गुराँसे आसपासमा कतिपय ट्राफिक प्रहरीले घुस खाने गरेकाछन् । ट्राफिक प्रहरी घुस माग्छन् भन्ने सुचना मिसन न्युजलाई आएपछि रिपोर्टिङ्गको तयारी भयो । सुर्खेतदेखिको यात्रामा हामिले क्यामरा र कलम तयारी गरेर हिड्यौं । झण्डै एक घण्टाको समयपछि कपासे—रानीमताहुँदै गुराँसे पुगियो । गुराँसे पुक्दा […]