सुर्खेत- तिक्ष्ण स्मरणशक्तिको दावी गरेर चर्चामा आएका विजय शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ ।
कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहीले विजय शाहीको मृत्यूको हल्ला झुटो भएको बताए । सामान्य विरामी भएर अस्पताल गएका शाही आफ्नो महावै गाउँपालिका वडा नं. ५ स्थित घरमा आइसकेका छन् । ‘मैले गाउँमा सम्पर्क गरेको थिएँ । सामाजिक सञ्जालमा आएको कुरा झुटो रहेछ । उनी अहिले घर आइपुगेका छन् । विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर फेसबुकमा हालेका थिए । अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उनले उल्लेख गरेका थिए । त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्रद्धान्जली दिन भ्याए । तर शाहीले आफ्नो पोष्ट फेसबुकबाट हटाइसकेका छन् । विजय शाही भने सामान्य अस्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ ।


