नेपालीलाई कोरोना कहरबाट मुक्त गर्ने : स्वास्थ्यमन्त्री

मिसन न्यूज संवाददाता २४ जेष्ठ २०७८, सोमबार १५:४४

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका छन् ।

आयोजित पत्रकार सम्मेलनमा उनले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताए । उनले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको पनि मन्त्री तामाङले बताए । उनले कोरोना परीक्षण दर पनि बढाउने बताएका छन् ।

Next Post

मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै

२४ जेष्ठ २०७८, सोमबार १५:४४
काठमाडौं – मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै छ । मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ सहित पाँच जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।   मन्त्रिपरिषद् विस्तार बिरुद्धको रिटमा भर्चुअल माध्यमबाट सुनुवाई गर्नेगरी सर्वोच्च अदालतले पेशी तोकेको […]