पेशागत महासंघद्धारा जनप्रतिनिधि सम्मानित

२० जेष्ठ २०७४, शनिबार १८:४५

कालिकाेट : पेशागत महासंघ नेपाल जिल्ला कमिटी कालिकाेटले एमालेबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ । शनिवार खाँडाचक्रकोमा मान्ममा महासंघले एक कर्यक्रमको आयोजना गरी सम्मान गरेको हो । बधाई तथा सम्मान कार्यक्रममा जिल्लाका ९ स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यलाई महासंघले बधाई दिएको छ ।

नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) ले दोसल्लाह र अभिर लगाएर निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका शाहीले स्थानीय निर्वाचनमा निर्वाचित भएर विजयी भएकोमा विजेतालाई बधाई दिएका थिए ।

अध्यक्षा शाहीले कार्यक्रममा सम्वोधन गर्दै भने, ‘जिल्लाका ९ स्थानीय तह मध्य जिल्लाको सदरमुकाममा रहेको नगरपालिका र २ गाउँपालिका जित्नु एमालेको ठुलो विजयी भएको हो । उनले थपे, ‘माओवादी भनेको खहरे खोला जस्तै हो । देशमा जनताले बडारी सकेका छन् । कालिकोटमा अव थोरै समय लाग्छ बडार्न ।’

पेशागत महासंघ नेपाल कालिकोटका अध्यक्ष कविराज बरालले नवनिर्वाचि जनप्रतिनिधिलाई कार्यक्रममा बधाई दिए । उनले भने, ‘जनप्रतिनिधि भईसकेपछि अब नागरिकलाई मुस्कान सहितको सेवा दिनु पर्छ । सबै कर्मचारी तथा पेशाकर्मीलाई सहज बातावरण हुने गरी जनप्रतिनिधिले काम गर्नहुन आग्रह गरे ।’ कार्यक्रममा पेशागत महासंघ नेपाल कालिकोटमा आबद्ध कर्मचारी, एमालेका नेता कार्यकर्ता र पत्रकारको सहभागीता रहेको थियो ।

Next Post

आँखाको उपचारका लागि आर्थिक सहयोगको अपिल

२० जेष्ठ २०७४, शनिबार १८:४५
कालिकोट जेठ २३ गते । कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ७ पुच्छेगाउँकी ४ बर्षिया मन्सरा लुवार अहिले छोरी भएर जन्मिनुको उपहास भोगीरहेकी छिन् । २०७० साल बैशाख १० गते बुवा रने लुवार, आमा रन्जना लुवारको कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी मन्सरा आफ्नो आखाँमा लागेको चोटको समयमै उपचार नपाउदा अहिले […]