सचिव उपभोक्ता अध्यक्ष भएर खानेपानी योजना निलेको बमको अारोप

७ असार २०७४, बुधबार १६:२१

कालिकाेट- कालिकोटको साविककाे धाैलागाेह गाविसको खानेपानी आयोजनामा अनियमितता भएको आरोप लागेको छ । युवा संघ नेपालका केन्द्रीय लेखा समिति सदस्य वकिल बमले खानेपानी आयोजनामा चरम भ्रष्टाचार गर्ने गाविस सचिव विष्णुकान्त प्याकुरेललाई कारवाहीको माग गरेका हुन् । बम कालिकोटमा बासिन्दा हुन् ।

बमका अनुसार धाैलागाेह गाविसका सचिव विष्णुकान्त प्याकुरेल खानेपानी योजनाका उपभोक्ता समितिका अध्यक्ष हुन् । अध्यक्ष भएर प्याकुरेलले हालसम्म योजना पूरा नगरी अनियमितता गर्दा भतेडाको मुहानबाट वडा नम्बर १, २ र ३ का जनताले अहिलेसम्म खानेपानी नपाएको भन्दै बमले कारवाहीको माग गरेका हुन् ।

उनले भनेका छन्– ‘कालिकोट जिल्ला धाैलागाेह गाविसका सचिव विष्णुकान्त प्याकुरेल उक्त गाविस खानेपानी योजनाका उपभोक्ता समितिका अध्यक्ष भई हालसम्म योजना पूरा गरेका छैनन् । भतेडाको मुहानबाट ३ वडाका को जनताले अहिलेसम्म पानी खान नपाएको हुँदा सम्पूर्ण बजेट भ्रष्टाचार गरी नेपाल सरकारको खरिदार सरहको कर्मचारीले पानी नखुवाएको हुँदा दुःख व्यक्त गर्न चाहन्छु । निजलाई सम्बन्धीत निकायले कारवाही गरोस् ।’ उक्त आयोजना बनेपछि सो क्षेत्रका हजारौं स्थानीय लाभाम्वित हुनेछन् । दैनिक नेपालबाट

Next Post

कर्णाली करिडोरमा विचौलियाको हालिमुहाली

७ असार २०७४, बुधबार १६:२१
कालिकोट- रुपैडिया हिल्सा सडक अन्तर्गत कर्णाली करिडोरमा सञ्चालनमा आएका ट्रकमा चर्काे भाडा दर अशुली भएको छ । गत बैशाख १ गतेदेखि कर्णाली नदिमा पर्ने जितेगडा फेरीबाट २ वटा ट्रक कर्णाली पारी लगीएका छन् । नेपाली सेना र स्थानीयको सामान ढुवानीका लागि ट्रक कर्णाली पारी लगिएका हुन् । तर ट्रक साहु […]