नेपाली काँग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्न समितिको बैठक सुरु

मिसनन्यूज संवाददाता १५ श्रावण २०७८, शुक्रबार १३:३९

काठमाडौं-नेपाली काँग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ११ : ३० बजेबाट छलफल सुरु भएको हो । क्रियाशील सदस्यता छानबिन समितिले निरूपण गर्न नसकेको क्रियाशील सदस्यताको समाधान खोज्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला छलफलमा जुटेका हुन् ।

शीर्ष नेतात्रयलाई सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकले साथ दिएका छन् । बिहीबारको पदाधिकारी बैठकले उच्चस्तरीय समितिलाई क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुंग्याउन म्यान्डेट दिएको छ ।

नेता सिटौलाले त्यो निर्णय गरेर क्रियाशील छानबिन समितिमार्फत सदस्यता इन्ट्री गराइ सूचीलाई अन्तिमरुप दिन पाँच सात दिन समय लाग्ने बताए । उच्चस्तरीय समितिले तीन वटा विषयमा निर्णय लिने छ । पहिलो – सप्तरी र बाराबाट आएको क्रियाशील सदस्यता विवादमाथि निर्णय लिनेछ ।

दुई–धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रका सन्दर्भमा अनशन र धर्ना भइरहेको छ । त्यहाँको विवाद निरूपण गर्नेछ । तीन – देशभरि लोकतान्त्रिक फोरम र राप्रपा लगायत विभिन्न पार्टीबाट आएका सदस्यहरूको समायोजन सम्बन्धी विवादलाई समाधान गर्नेछ ।

Next Post

विप्लप नेकपाकाे जिल्ला सम्पर्क कार्यालय उद्वघाटन

१५ श्रावण २०७८, शुक्रबार १३:३९
कालिकाेट-सरकारबाट बाहिरिएको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कालिकोटले आफ्नो सम्पर्क कार्यालय उद्वघाटन गरेकाे छ । जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रम बिच कार्यालयको उद्वघाटन गरिएको हो । सरकारले लगाएको झुट्टा आरोपमा मात्र साबित भएपछि देशभर जेलमा हालिएका साथिहरुलाई रिहाइ हुनुले आफ्नो […]