जनप्रतिनिधिले शुसासन कायम गर्नुपर्नेमा जोड

२६ जेष्ठ २०७४, शुक्रबार १४:३०

कालिकाेट: नगरपालिका तथा गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने बजेट बिनियोजन सम्बन्धि तालिम सम्पन्न भएको छ । कर्णाली क्षेत्र परिवर्तनका लागि शुसासन भन्ने मुल नाराकासाथ जनप्रतितिधिलाई सहभागितात्मक योजना तर्जुमा तथा बजेट विनियोजन सम्वन्धि तालिमको सहजिकरण गरिएको हो ।
जिल्लाको सदरमुकाम मान्ममा आयोजित तालिममा सहभागितात्मक दृष्टिकोण, योजना तर्जुमा, सहभागीताका तत्व,मानज अधिकार तथा शुसासनका विषयमा सहभागीलाई सहजिकरण गरिएको थियो ।

सामुदायीक विकास कार्यक्रमका जिल्ला संयोजक लिलाराम न्यौपाने र लेखनाथ खरेलले सहभागिताका तरिका, सहभागिताका शुचक र योजना तर्जुमा गर्दा कसरी ध्यान दिने भन्ने जस्ता विषयवस्तुमा सहजिकरण गरे ।

स्थानीय स्वायत्त शासन ऐनमा सहभागिताका लागि प्रावधान बारे जानकारी गर्ने, योजना तर्जुमा र बजेट बिनियोजनमा सहभागीता हुँदा हुने फाईदाका बारे जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अथिती ग्रामिण विकास नेपालका अध्यक्ष रविन्द्र शाहीले अल्पसंख्यक, सिमान्तकृत र लक्षित वर्गको योजना तर्जुमा र बजेट विनियोजनमा सहभागिता बढाउन तालिम आवश्यक रहेको बताए ।

ग्रामिण विकास नेपाल (आरडिएन) को आयोजनामा सम्पन्न तालिममा जनप्रतिनिधि,साविकका गाविस सचिव, नागरिक समाज संजाल,अल्पसंख्यक तथा लक्षित वर्गका समुदायका प्रतिनिधिको सहभागीता रहेको थियो । तालिममा सहभागिलाइ मानव अधिकार सम्वन्धि पत्रकार कालिबहादुर मल्लले सहजिकरण गरेका थिए ।

Next Post

एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

२६ जेष्ठ २०७४, शुक्रबार १४:३०
काठमाडौं- माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन्। परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालय र […]