नेकपा (एमाले) दुबै पक्षका दोस्रो तहका नेताहरूकाे छलफल हुदैँ

मिसन न्यूज संवाददाता १७ असार २०७८, बिहीबार ०९:५४

काठमाडौं-आन्तरिक विवाद उत्कर्षमा पुगेको सत्तारूढ नेकपा (एमाले)का दुबै पक्षका दोस्रो तहका नेताहरू फेरि छलफलमा जुटेका छन्। ललितपुरस्थित एक होटलमा बिहीबार बिहान ८ बजेदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच छलफल भइरहेको छ। उक्त छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल र  शंकर पोखरेल सहभागी छन् भने खनाल-नेपाल समूहबाट  घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे छन्। उनीहरूबीच बुधबार राति पनि लामो छलफल भएको थियो। छलफल सकारात्मक भए पनि सहमतिको विन्दु फेला नपरेको नेपाल समूहका एक नेताले  बताए।

यसअघि बुधबार बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो। उक्त बैठकले भोलि (शुक्रबार) केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। खनाल-नेपाल समूहका नेताहरूले भने बुधबारको निर्णय जाली र षडयन्त्रपूर्ण भएको बताएका छन्। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताभन्दा पनि षडयन्त्र र जालझेलमै ध्यान दिएको बताएकी छन्। उपाध्यक्ष शाक्यले विधि, विधान र सहमतिअनुसार चल्नुको साटो एकलौटी ढंगले चल्न खोजेको बताइन्। बुधबार महाधिवेशन आयोजक कमिटी अवैध भएको भन्दै उनले अवैध कमिटिको निर्णय पनि अवैध हुने स्पष्ट पारिन्। ‘त्यो निर्णय जाली-जाली खालको हो। पहिलो कुरा त आयोजक कमिटीको बैठक आफैंमा अवैध हो। त्यो अवैध भनेर सर्वोच्चले भनिसकेको कमिटीको बैठक बसेर त्यत्रो निर्णय गर्नु आफैंमा पनि गलत हो,’ उनले भनिन्, ‘त्यो मिल्दै मिल्दैन। न त्यो विधिले दिन्छ, न त्यसको एकताको भावनाले दिन्छ।

हामीले जेठ २ गतेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्छ भनेको हो।’ कसरी जाने र कहाँ कसलाई थप्ने भन्ने निर्णय समेत साझा प्रस्तावका आधारमा गर्नुपर्ने उनले बताइन्। पार्टी अध्यक्ष र वरिष्ठ नेता सँगै बसेर प्रस्तावहरू तयार गर्नुपर्नेमा प्रधानमन्त्री ओली मनपरी गाली गर्नमा व्यस्त रहेको उनको आरोप छ। मिल्ने भन्ने तर मिल्न नखोज्न प्रवृत्तिले अघि बढ्न गाह्रो हुने उनको भनाई छ। ‘आज उहाँले नगर्नु पर्ने काम गर्नुभयो त्यो भनेको मिल्ने भावना देखिएन। प्रष्ट रूपमा एकताबद्ध भएर अगाडि बढाउँछु भन्ने भावना देखिएन। आए आओस्, नआए नआओस् भनेर निर्णय ठोक्याजस्तो देखियो,’ उनले भनिन्, ‘अवैध कमिटीबाट त्यस्ता महत्वपूर्ण निर्णय गरेर उहाँले के तामासा देखाउन खोजेको हो। अवैध कमिटीले त्यस्तो निर्णय गर्न हुदैन। षडयन्त्र गर्ने मिल्न नखोज्ने देखियो।’

वरिष्ठ नेता नेपाल निकट नेता वेदुराम भुसालले बुधबारको निर्णय एकता नगर्ने निर्णय भएको बताए। अवैधानिक कमिटीले बोलाएको कमिटीको बैठक पनि अवैधानिक नै हुने उनको दाबी छ। ‘१८ गते बोलाइएको बैठकको केही अर्थ छैन। वैधानिक नभएको बैठकमा कसरी जाने? नेकपा एमालेको विधानमा नभएको व्यवस्था अनुसारको बैठकमा हामी जादैनौं,’ उनले भने, ‘हामीले जेठ २ को संरचनामा जाने भनेको हो। अहिले त नेकपा हुँदाकै संरचनालाई अपनाइएको छ। अहिले त आयोजक कमिटीलाई केन्द्रीय कमिटी बनाउने मात्रै काम भएको छ।’ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा २ सय ३ जना भन्दा बढी सहभागी गराउन नपाइने भन्दै उनले २ सय ६१ जनाको बैठक बोलाउन विधान विपरित भएको भुसालले बताए। सर्वोच्च अदालतको फैसला अनुसार पनि २०७५ जेठ २ को संरचनामा जानुको विकल्प नरहेको उनले बताए।

Next Post

एमालेका दोस्रो तहका नेताबीचको छलफल सकियो

१७ असार २०७८, बिहीबार ०९:५४
काठमाडौं-सत्तारूढ नेकपा(एमाले)का दुवै पक्षका दोस्रो तहका नेताबीच भएको छलफल सकिएको छ। शनिबार ललितपुरमा भएको छलफलमा एकताको प्रयास भइरहेकोबेला बैठक नगर्न आफूहरूले आग्रह गरेको नेपाल पक्षीय एक नेता जानकारी दिए । ‘एकताको प्रयास भइरहेको बेला बैठक नराख्न हामीले सुझाव दिएका छौं’, ती नेताले भने,‘ उहाँहरूले अध्यक्षलाई भन्छौं भन्नुभएको छ।’ हिजो केहीबेर […]