एमालेका दोस्रो तहका नेताबीचको छलफल सकियो

मिसन न्यूज संवाददाता १९ असार २०७८, शनिबार १५:५९

काठमाडौं-सत्तारूढ नेकपा(एमाले)का दुवै पक्षका दोस्रो तहका नेताबीच भएको छलफल सकिएको छ। शनिबार ललितपुरमा भएको छलफलमा एकताको प्रयास भइरहेकोबेला बैठक नगर्न आफूहरूले आग्रह गरेको नेपाल पक्षीय एक नेता जानकारी दिए । ‘एकताको प्रयास भइरहेको बेला बैठक नराख्न हामीले सुझाव दिएका छौं’, ती नेताले भने,‘ उहाँहरूले अध्यक्षलाई भन्छौं भन्नुभएको छ।’ हिजो केहीबेर केन्द्रीय कमिटीको बैठक बसेर आजको लागि स्थगित भएको थियो।

देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरबारे भने छलफल नभएको ती नेताले बताए।र आफूहरूले हस्ताक्षर फिर्ता पनि नगर्ने नेपाल पक्षीय नेताहरूले बताएका छन्। उक्त छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र  शंकर पोखरेल सहभागी छन् भने खनाल-नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे सहभागी भएका थिए।

Next Post

एमालेका केही नेताले ‘धोका’ दिए, केहीले ‘गुन’ लगए

१९ असार २०७८, शनिबार १५:५९
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत : पक्षमा १६५, विपक्षमा ८३मत एमालेका केही नेताकाे धाेका [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form] काठ्माडाैं-सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा […]