BREAKING

प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

मिसन न्यूज ८ जेष्ठ २०७८, शनिबार ०८:०३

काठमाडौं – संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ ।

राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।

सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले नेपाल प्रेसलाई बताए ।                                               

Next Post

नेपाली राजनीतिमा अस्थिरता निम्त्याउने पाँच प्रवृती

८ जेष्ठ २०७८, शनिबार ०८:०३
पहिलो प्रवृतीः पछिल्लो विकसित राजनीतिक घटनाक्रमले नेपालका केही राजनीतिक शक्तिहरु हरेक दिन रोइलो गरिरहेका घटना सार्वजनिक भैरहेका छन् । सबैभन्दा बढी समय सक्तामा रहेर राज्यकै ढुकटीमा देशलाई राजनीतिक, आर्थिक तथा सामाजिक हिसाबले भड्खालोमा पार्ने काममा उद्धत रहेको, बिगतमा देशमा अशान्ती सृजना गर्नगराउन भूमिका खेलेको, देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुभन्दा केही समय अघिसम्म […]