कालिकोट –कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट र दैलेख सडक खण्डमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । बर्षातको पानीले सडक काम नलाग्ने गरी हिलाम्मे भएपछि यात्रुले सास्ती खेप्नु परेको हो । सुर्खेतबाट दैलेखहुँदै कालिकोट भएर जुम्ला मुगु जाने सवारी साधनले पाउँनु दुःख पाउने गरेका छन् । बाटोमा पानी र खाल्डाले गाडीलाई आवागमनमा निकै समस्या झेल्नु परेको छ । सुर्खेतदेखि कालिकोटमा पहिला वसको यात्रामा ७ घण्टा लाग्ने गरे पनि सडक हिलाम्मे हुँदा दुई दिन लाग्ने गरेको छ ।
खोलो मुख्य चुनौति
राजमार्गका अधिकांस खोलाहरुमा आवतजावत गर्ने मुख्य चुनौति देखिएको छ । साना तथा ठुला सवारी साधन जोखिम मलेर यात्रुलाई गन्तव्यमा पुगाउने गरिएको छ । राजमार्गको अवस्था हेर्दा निकै खतरा रहेको गाडि चालक सुनील बिष्टले बताए । उनले भने, ‘बरु खच्चि नै सडक ठिक थियो । तर, अहिले नाम मात्रको पक्की भन्ने गरिएको छ । राजमार्गमा लगातार हिड्दा एक किलोमिटर पनि पक्की सडक भेटिन्न । सडकको अवस्था खच्चिभन्दा पनि बढी जोखिममा छ । सरकाले तत्काल सडकको सुधार गर्न जरुरी छ ।’ खोलामा निर्माणधिन पक्की पुलहरु अलपत्र अवस्थामा छन् । तर, सडक डिभिजनले रेखदेख गरेको छैन् ।
सुनार खोलाको सकस
कर्णाली राजमार्गमा यात्रा गर्ने हजारौं यात्रु र गाडि व्यावसायीले दुःख पाउँने गरेका छन् । सडको स्तरउन्नोतिको लागि सरकारी निकायबाट कुनै पनि पहल गरिएको छैन् । सुर्खेतबाट वसको यात्रामा मुगु जादै गरेका यात्रु माधव चौलागाईले पनि बाटोमा निकै सास्ती पाएको सुनाए । उनले भने, ‘यो जिल्ला त कर्णाली प्रदेशका मुख्यमन्त्री ज्युको जिल्ला हो । बाटोको अवस्था साह्रै नराम्रो छ । उहाँले बुझ्नुपर्ने कुरा हो । यो हालत हुँदासम्म पहल नगर्न ठिक होइन् ।’
कालिकोटको सुनार खोलामा तिन घण्टासम्म हिलाम्ये सडकमा कुर्नु परेको उनले बताए । राजमार्गको यात्रा निकै जोखिमपूर्ण बन्दै गएको छ । कर्णाली राजमार्गको घट्टे खोला, दहीखोला, गगने, शेरीघाट र सुनार खोलामा सडक हिलाम्मे भएछि यात्रा जोखिमपूर्ण बन्दै गएको हो । कालिकोट सदरमुकाम नजिकै रहेको सुनार खोलामा दैनिक यात्रुले गाडी धकेल्नु बाध्यता छ । चालक गोरखबहादुर शाहीले भने, ‘सुनार खोलाले असारदेखि नै सास्ती दिँदै आएको छ । सडक हिलोले भरिएकाले दैनिक सास्ती हुन्छ ।’ कतिपय समयमा यात्रुले ठेल्दासमेत निकाल्न नसक्दा हजार रुपैयाँ तिरेर डोजर लगाएर गाडी तान्नु पर्ने बाध्यता रहेको शाहीको भनाइ छ । कालिकोटबाट तलतिर झर्दा रहर लाग्ने र आउँदा निकै कहर हुने गरेको गाडि चालकले बताएका छन् ।
सुर्खेतदेखि छुटेको गाडी राजमार्गको अवस्थाकै कारणबीच बाटोमै जाम हुँदा एकै दिनमा कालिकोट पुग्न सक्दैन् । कर्णाली राजमार्गको सबैभन्दा बढी कालिकोट खण्डको दही खोला, गगने खोला, सेरीघाट, सुनार खोला, गल्ली, मोल्फा, सिम्ले खोला, पिलीलगायत क्षेत्रमा बाटो अप्ठेरो भएकाले दैनिक यातायात ठप्प हुने गरेका छन् ।
कर्णाली राजमार्ग कालोपत्रे भएको एक बर्ष नबित्दै कालोपत्रे भत्किएपछि यात्रुलाई सास्ती भएको हो । सडक डिभिजन कार्यालय जुम्लाले ती खाल्डा खुल्डीमा माटो हालेपछि सडक हिलाम्मे भएको यात्रुको गुनासो छ ।