कर्णाली प्रदेश सरकारले ल्यायो ३६ अर्ब ५४ करोड बजेट

मिसन न्यूज संवाददाता २ असार २०७८, बुधबार ०७:१९

सुर्खेत-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि ३६ अर्बभन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले संवैधानिक व्यवस्थाअनुसार बजेट असार १ गते ल्याएको हो । प्रदेशले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष प्रस्ताव गरिएका कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्नका लागि कुल विनियोजितमध्ये पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १५३ हजार र चालूतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तीय हस्तारणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माल शर्माले जनाएका छन् ।

बजेटमा किसानलाई खुसी बनाएको देखिन्छ । बजेटले दूधमा अनुदान दिने समेत भनिएको छ । किसानले उत्पादन गरेको दूधमा अनुदान दिने भएको हो । पशुपालनका लागेका किसानले दुग्धजन्य वस्तुको उत्पादनका वृद्धि गर्नका लागि कालिकोट, मुगु, हुम्ला, डोल्पा, हुम्ला जिल्लाका किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान र अन्य जिल्लाका किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने आर्थिक मामिला तथा योजनामन्त्री शर्माले बताए । त्यस्तै कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक सहिदका परिवारलाई निःशुल्क पढाउने भएको छ । मामिला तथा योजनामन्त्री शर्माले कर्णाली प्रदेश सरकारले जनयुद्ध र प्रदेश प्राप्तिको आन्दोलनमा सहिद भएका परिवारका सन्तानलाई स्नातक तहसम्म निःशुल्क अध्ययनका लागि बजेट विनियोजन गरिएको बताए । प्रदेश सरकारले विद्यालय क्षेत्रको गुणस्तरीय विकासका लागि एक स्थानीय तहमा एक नमुना विद्यालय सञ्चालन गर्ने भएको छ । जसका लागि ३९ करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्री शर्माले बताए ।

त्यस्तै खेलकुद क्षेत्रको विकास निर्माणका लागि ५९ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री शर्माले संघ सरकारको सहयोगमा सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण गरिने बताए । साथै, रुकुम पश्चिमको चौरजहारीमा क्षेत्रीय रंगशाला र प्रत्येक जिल्लामा खेल पूर्वाधार कभर्ड हल निर्माणका लागि स्थानीय तहसँग सहकार्य गरिने बताए । आर्थिक वर्षमा प्रदेशमा वार्षिक राजश्व संकलनको लक्ष्य तीस करोड ६ लाख ५३ हजार रहेकोमा राजश्व संकलनमा भएको क्रियाशीलता र सक्रियताले लक्ष्यभन्दा पचास करोड पुग्ने संशोधित अनुमान गरिएको छ । मानव विकास सुचकांकमा शून्य प्रतिशत ४२७ मा रहेको छ । कर्णालीको प्रतिव्यक्ति आय ६०६ डलर रहेको छ । कर्णालीमा २८ प्रतिशत जनता निरपेक्ष गरिवीको रेखामा रहेको आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको भनाई छ । मन्त्री शर्माले आगामी आर्थिक वर्षमा कोभिड असर नभएको खण्डमा सात प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा गरेको बताए ।

Next Post

पत्रकारलाई कोरोना खोप दिन सर्वोच्चको अन्तरिम आदेश

२ असार २०७८, बुधबार ०७:१९
काठमाडौं-सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार ‘पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अंग्रपंक्तिमा रही समाचार संकल गर्ने पत्ररकारहरुलाई प्राथमिकता प्रदान गरी […]