कालिकोट- जिल्ला अस्पताल कालिकोटमा प्रसुतीका लागि आएकी एक महिलाको ज्यान जोगाउन भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको छ। जिल्लाको पूर्वी क्षेत्रमा पर्ने तिलागुफा नगरपालिका-११ निवासी हरिशोभा सुनारको अत्याधिक मात्रामा रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत् भेरी अस्पताल नेपालगञ्ज लगिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।
सुनारले आइतबार बिहान छोरी जन्माएपछि रक्तश्राव भएको डा. प्रकाश जीशीले बताए। सुनारको अत्याधिक मात्रामा रक्तश्राव भएपछि स्वास्थ्यकर्मी र स्थानीयले ५ प्वाइन्ट रगत दान गरेका थिए।
५ प्वाइन्ट रगत चढाए पनि रक्तश्राव हुन नरोकिएपछि रेफर गर्नुपरेको डा. प्रकाश जीसीले बताए। रक्तश्रावले बिरामी भएकी सुनारको अहिलेको छोरी गरी जम्मा ९ वटा बच्चा जन्माएको उनका श्रीमान दाने विकले सुनाए। योभन्दा पहिला ५ वटा छोरी जिवित भए पनि ४ वटा जन्मिँदै मरिसकेका छन्।
उमेरले ३५ वर्ष भए पनि हालसम्म ९ वटा बच्चा जन्मिएका स्वास्थ्यकर्मीसँग बिरामीका आफन्तले सुनाए। बिरामी हरिशोभा सुनारलाई अक्सिजन चढाएर जिल्ला अस्पतालदेखि एम्बुलेन्समा पञ्चदेवल माविसम्म हेलिकोप्टरमा राखेर नेपालगञ्ज लगिएको थियो।
जिल्ला अस्पताल कालिकोटले सुत्केरी आमाको ज्यान बचाउन क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई खबर गरेको थियो। खबर पुग्दासाथ हुम्लाबाट नाइनएनए केभीको माउन्टेन हेलिकोप्टर पुगेको थियो।