छापावाला सुनको मूल्य बढ्यो

३० श्रावण २०७७, शुक्रबार ०८:४९

काठमाडौँ – नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले बढेको छ । बुधबार प्रतितोला रु ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला रु ९७ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ९४ हजार ९०० बाट बढेर रु ९७ हजार ३०० पुगेको छ ।

तोलामा एक लाखमाथि पुगेको पहेँलो धातुको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो । यही साउन २३ गते स्थानीय बजारमा पहेँलो धातुको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला रु एक लाख तीन हजार ५०० र तेजाबी सुन प्रतितोला रु एक लाख तीन हजार पुगेको थियो । चाँदीको मूल्यमा पनि प्रतितोला रु ८५ वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला र एक हजार २९५ तोकेको छ ।

Next Post

महाबै गाउँपालिका नकुमा पहिराे जाँदा ६ जनाको मृत्यु

३० श्रावण २०७७, शुक्रबार ०८:४९
कालिकोट- जिल्लाको महाबै गाँउपालिका ३ नकु गाँउमा अविरल बर्षाका कारण पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु गएको छ । हिजोराती करिब १२ बजेर ३० मिनेट जाँदा गएको पहिरोले गाँउपालिकाका चार जना महिला र २ जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा सदस्य रज बहादुर विष्टका २ छोराहरु १३ […]