पत्रकारलाई कोरोना खोप दिन सर्वोच्चको अन्तरिम आदेश

मिसन न्यूज संवाददाता ६ असार २०७८, आईतवार १७:३४

काठमाडौं-सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोनाभाइरसविरूद्ध खोप लगाउने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार ‘पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकाले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अंग्रपंक्तिमा रही समाचार संकल गर्ने पत्ररकारहरुलाई प्राथमिकता प्रदान गरी कोभिड विरूद्धको पहिलो खोप लगाएकालाई दोश्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिड विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन’ अन्तरिम आदेश दिएको हो।

पत्रकारहरूलाई कोरोनाको खोप लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले सरकारलाई १५ दिन भित्र अन्तरिम आदेश जारी नगर्नु पर्ने भए लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ।

Next Post

कोरोनाभाइरसको नयाँ म्युटेसन नेपालमा भेटियो

६ असार २०७८, आईतवार १७:३४
काठमाडौं-कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी […]