सीमा रक्षा गर्न छाङरु पुग्यो नेपाली सेनाको फौज

३ जेष्ठ २०७७, शनिबार १०:५०

काठमाडौं – भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि चर्चामा आएको दार्चुलाको छाङरुमा नेपाली सेनाले पनि टोली पठाएको छ । कालापानी, लिपुलेक क्षेत्रलाई भारतले अतिक्रमण गरेका बेला जंगीअड्डा मौन बसेको भन्दै आलोचना हुन थालेपछि सेनाले पनि छाङरुमा फौज पठाएको हो ।

यसअघि बुधबार सशस्त्र प्रहरी बलले छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी)  स्थापना गिरसकेकाे छ । सेनाको अपरेसन विभागका एक जना महासेनानीको नेतृत्वमा सेनाले छाङरुमा टोली पठाएको सैनिक स्रोतले बतायो । छाङरु विवादित कालापानी क्षेत्रबाट १२ किलो वरै पर्छ ।

सेनाले त्यहाँको वस्तुस्थितिबारे रेकी गरेको स्रोतले बतायो । टोलीको निष्कर्षका आधारमा केही दिनमै दार्चुलामा सेनाको फौज परिचालन गरिने जंगीअड्डा स्रोतले बतायो ।

भविष्यमा सेनाको टोलीले के–के गर्न सक्छ भन्ने विषयमा पनि दार्चुला पुगेको टोलीले अध्ययन गर्ने जनाइएको छ । सेनाको दार्चुलामा उपस्थितिले सशस्त्र प्रहरीलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अहिले घाँटीबगर भन्ने स्थानमा ४ सय ५० मिटर सडक निर्माण गर्ने गरी टोली परिचालित हुने बताए ।

पाण्डेले भने, ‘छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक नेपाली सेनाले बनाउँदैछ । त्यसअघि सर्वसाधारणलाई छाङरुसम्म पुग्न घाँटी बगरमा ट्याक खोल्न लागिएको छ ।’

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पनि घाँटी बगरमा भएको भीरका कारण पैदल हिँड्न पनि समस्या हुने गरेको बताए । त्यसैले सेनाले ट्रयाक खोल्नेबारे छलफल भएको उनले बताए ।

Next Post

काेराेना कहरमा अध्यक्ष बमद्धारा पत्रकारलाई जाकेट काेसेली

३ जेष्ठ २०७७, शनिबार १०:५०
कालिकोट – कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका– वडा नम्बर ५ का अध्यक्ष नरेश बमले जाकेट वितरण गरेका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति कालिकोटका  सदस्य समेत रहेका बमद्धारा जिल्लामा कार्यरत पत्रकारलाई लाइट जाकेट वितरण गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड – १९ काे समाचार संकलनमा समस्या आउने गरेकाे  […]