सुर्खेत-कर्णाली प्रदेशमा कोरोना संक्रमण भएर हालसम्म ३८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा कोरोना कहरको दास्रो लहरमा पहिलाको तुलनामा मृत्यूदर बढेको अस्पताल स्रोतले बताएको छ । विश्वभर फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट आएसंगै कर्णालीमा संक्रमण हुनेको दर तिव्र गतिमा बढेको हो । मंगलवारको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा कर्णालीमा रेपिड एन्टिजेन विधिबाट संक्रमण जम्मा संख्या ९ सय ८१ जनाभेटिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जानकारी दिएको छ ।
त्यस्तै आरटि पिसिआर विधिबाट कर्णालीमा प्रयोगशाला परिक्षण गरेका हालसम्म जम्मा संख्या ९९ हजार २ सय ९८ रहेको छ । आरटि पिसिआर विधिबाट संक्रमण हुनेको हालसम्म जम्मा संख्या ८ हजार तिन सय ४३ रहेको हतथा कोभिड–१९ जितेर घर फर्किनेको हाल सम्म जम्मा संख्या ७ हजार ५ सय २७ रहेको निर्देशनालयले बताएको छ ।
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा स्थानीय प्रशासन कार्यालयले ११ गते मङ्गलबारदेखि १८ गतेसम्म निषेधाज्ञ गर्ने निर्णय गरेको छ । सुर्खेतमा स्थानीयले दोस्रो दिन निषेधाज्ञको पालना गरेका छन् । निषेधाज्ञको दोस्रो दिन पनि कर्णाली प्रदेशको राजधनी विरेन्द्रनगर सुर्खेतमा बिहान ६ बजेदेखि प्रहरीले माईकिङ गर्दै नागरिकलाई बाहिर ननिस्कन आग्रह गरेको छ । अस्पताल, खाद्यपसल र अन्य आवश्यक पर्ने अति आवश्यक बाहेकका पसलहरू पनि बन्द गर्न सूचना जारी गरेको छ ।