रास्काेट अस्पतालमा अक्सिजन प्लान्ट जडान

मिसनन्यूज संवाददाता ४ श्रावण २०७८, सोमबार १८:०३

कालिकोट-रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनी अक्सिजन प्लान्ट जडान गरेको हो । विकट तथा पहाडि जिल्लाका नागरिकलाई कोभिड–१९ को महामारीबाट बचाउन आविष्कार केन्द्रले स्वास्थ्य सामग्री निर्माण गरी निःशुल्क वितरण गर्दै आएको सो केन्द्रका रितेश देवले बताए ।  “हामीले देशका विभिन्न भागमा स्वास्थ्य सामग्री वितरण गर्दै  आएका छौँ” उनले भने, “त्यसै आधारमा कर्णाली प्रदेशको रास्कोट नगरपालिकाको रास्कोटमा पनि मिनी अक्सिजन प्लान्ट जडान गरेका हौँ ।”

मिनी अक्सिजन प्लान्टबाट प्रतिमिनेट ६० लिटर अक्सिजन उत्पादन हुने र अक्सिजन प्लान्ट जडान गरेर १० वटा श्यया अक्सिजन सिलिन्डर जडान गरिएको देवले बताए । “कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहोस् भनेर प्लान्ट जडान गरिएको छ” उनले भने, “दुर्गम क्षेत्रलाई आविष्कार केन्द्रले विशेष महत्व दिएको छ ।”

कोरोना सङ्क्रमितलाई अक्सिजनको अभावमा बाहिर रिफर गर्नुपर्ने अवस्था रहेकोमा अब यहाँ अक्सिजन प्लान्ट जडान भएपछि जटिल खालका बिरामीलाई अस्पतालमा नै उपचार गर्न सकिने रास्कोट अस्पतालका प्रमुख डा.भोजराज बमले जानकारी दिए ।  बिरामीलाई श्वासप्रश्वासको समस्या भए बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको रहेकोमा अब भने यही अस्पतालमा नै उपचार गर्न सकिने जानकारी उनले दिए ।

कोरोना महामारी आउनसाथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए ।कोभिड–१९ को सङ्कट आउनासाथ हामीले त्यसको रोकथाम नियन्त्रणका लागि स्वास्थ्य सामग्री उत्पादन गर्दै आएका छौँ । उनले भने, अहिले हामीले ती सामग्री पश्चिमका जिल्ला र पूर्वका पहाडी दुर्गम ठाउँका स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्दै आएका छौँ ।

Next Post

घर खरमुक्क्त बन्दै पचालझरना गाउँपालिका

४ श्रावण २०७८, सोमबार १८:०३
कालिकोट — पचालझरना गाउँपालिकामा दुई सय ५० घर खरमुक्क्त बनेका छन । गाउँपालिकाले आफ्नो कार्य संचालनको दोस्रो वर्षबाटै गाउँपालिकाका खरले छाएका घरहरुको विवरण संकलन गरेर खरमुक्क्त गाउँपालिका बनाउने घोषणा गरे संगै गाउँपालिकामा दुईसय घर खरमुक्क्त बनेका हुन । आगलागीको जोखिम लाई न्युनिकरण र नमुना वस्ती बनाउने उदेश्यले खरमुक्क्त गाउँपालिका बनाउने […]

You May Like