प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु

२१ श्रावण २०७५, सोमबार १५:२४

काठमाडौं- अपहरणमा परेका बालकको खोजीको क्रममा भक्तपुरमा प्रहरी र अपहरणकारीबीच मुठभेड भएको छ। मुठभेडको क्रममा दुई अपहरणकारीको मृत्यु भएको छ।

आइतबारसाँझ काँडाघारीबाट ११ वर्षिय बालक अपहरणमा परेका थिए। अपहरणमा परेका बालकको खोजीको लागि परिचालन भएको प्रहरी र अपहरणकारीबीच डोलेश्वरमा गोली चलेको महानगरीय अपराध महाशाखाले बताएको छ। प्रहरी इन्काउन्टरमा मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको महाशाखाका एसएसपी धिरज प्रताप सिंहले बताए। उनीहरुले पैसा माग्न प्रयोग गरेको सीम पनि फेला परेको उनले बताए। उनका अनुसार अपहरणमा परेका बालकको समेत शव फेला परेक छ। ‘ठीमीमा निर्माणाधिन भवनमा बालकको शव फेला परेको छ’, सिंहले भने।

 आइतबार बेलुका काँडाघारीका निसान खड्का हराएका थिए। खड्काको परिवारलाई अज्ञात समूहले फोन गरी मोटो रकम मागेपछि बालक अपहरणमा परेको हुन सक्ने प्रहरीको आशंका थियो।

Next Post

ऊर्जामन्त्री पुन पुगे मौसम विभागको निरीक्षणमा, होला त क्षेत्र विस्तार ?

२१ श्रावण २०७५, सोमबार १५:२४
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन भ्रमण गरेका छन् । जलवायु तथा मौसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलाई थप विस्तार गर्ने उद्देश्यले मन्त्री पुनको विभागमा भ्रमण भएको हो । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमै रहेको भवनमा पुगेर मन्त्री पुनले त्यहाँको काम–कारबाहीबारे जानकारी लिनुका साथै विभागका कर्मचारीसँग […]