संक्रमितले भरियो प्रदेश कोभिड अस्पताल

१३ बैशाख २०७८, सोमबार १४:०९

सुर्खेत – कोरोनाको दोस्रो लहर शुरु भएसँगै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल मातहत रहेको कोभिड-१९ अस्पताल कोरोना संक्रमितले भरिएको छ । २५ शय्याको कोभिड अस्पतालमा हाल २८ जना संक्रमित राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । जसमध्ये २७ जना संक्रमितलाई अक्सिजन दिएर राखिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा संक्रमितको संख्या दिनहुँ तीव्र गतिमा बढ्दै गएको छ । तर, प्रदेश कोभिड अस्पतालले भने थप संक्रमितलाई भर्ना गर्न सकिने अवस्था नरहेको डा. पौडेलको भनाइ छ ।

कोरोनाको दोस्रो लहरमा जटिल प्रकृतिका संक्रमितको संख्या वृद्धि हुँदै गएकाले थप समस्या सिर्जना हुन थालेको छ । ‘लक्षणसहितका संक्रमित दैनिकजसो वृद्धि भइरहेका छन्, अक्सिजन अभाव छ, हामीलाई सेवा दिनै हम्मेहम्मे भइरहेको छ,’ डा. पौडेलले भने । वीरेन्द्रनगरमा झण्डै तीन लाख नागरिकको बसोबास छ । कोरोना विशेष अस्पतालमा बेड अभाव भएपछि प्रदेश सरकारले कोरोनाका सामान्य लक्षण नभएका संक्रमितलाई सम्बन्धित स्थानीय तहले नै उपचार गर्न निर्देशन दिएको छ ।

तर, स्थानीय तहको तयारी भने कागजमै सीमित छ । कुनै तयारी थालेको पाइदैन । जटिल प्रकृतिका संक्रमितका लागि अत्यावश्यक मानिने अक्सिजन, आईसीयू र भेन्टिलेटरजस्ता सेवाहरू प्रदेशका सबै जिल्लामा छैनन् । प्रदेशभर सक्रिय संक्रमितको संख्या ४०० पुगेको छ । तीमध्ये सुर्खेतका मात्रै ३०० छन् । त्यस्तै सल्यानका ६६, दैलेखका ३० र जाजरकोटका ३४ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Next Post

असारपछि कुनै पनि कोरोना बीमा कार्यक्रम सञ्चालन नहुने

१३ बैशाख २०७८, सोमबार १४:०९
गत वर्ष वैशाखदेखि लागू गरिएको कोरोना बीमाको अवधि असारदेखि सकिने भएको छ। १९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा ‘पुल’ मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए। यसअघि कोरोना बीमा गरेकाले असारसम्म आवेदन दिएमा मात्रै दावी भुक्तानी पाउने छन्। बीमा गरे पनि त्यसपछि आवेदन दिनेहरूले भुक्तानी दावी गर्न पाउने छैनन्। बीमा […]