अखिलले देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा फहरायो

१८ माघ २०७३, मंगलवार १३:३४

काठमाडौँ– अनेरास्ववियुले मंगलबार देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराएको छ। स्ववियु निर्वाचनलाई राष्ट्रियतासँग जोड्न देशभरका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराइएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी गराए।

उनका अनुसार उपत्यकाका प्रमुख क्याम्पससहित देशभरिका क्याम्पसमा झन्डा गाडेको हो। उनले अहिले देशमा विखण्डनकारी सल्बलाइरहेकाले विद्यार्थीलाई राष्ट्रिय भावनामा जागृत गराई विद्यार्थीलाई राष्ट्रियताप्रति ऐक्यबद्ध बनाउन क्याम्पसमा झन्डा फहराइएको बताए।

यसैबीच, झन्डा गाड्ने विषयमा सरस्वती क्याम्पस लैनचौरमा झडप भएको छ । झन्डा गाड्ने विषयमा अखिलका क्याम्पस एकाई अध्यक्ष शङ्कर गौतमलाई अखिल क्रान्तिकारीले कुटपिट गरेको सचिव पराजुलीले जानकारी गराए।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले कुटपिटमा आफ्नो सङगठनको संलग्नता नभएको स्पष्ट पाए।

“पढाइरहेको बेला कक्षा कक्षामा गएर उहाँहरुले झन्डा गाड्ने कार्यक्रममा सहभागी हुनुहोस् भनेर उर्दी जारी गरे,” उनले भने, “त्यसै क्रममा पढिरहेका विद्यार्थीले प्रतिवाद गर्दा झडप भएको हो।” रासस

Next Post

प्रतिकारका लागि वाईसिएललाई कलेजमा परिचालन हुन प्रधानमन्त्रीको निर्देशन

१८ माघ २०७३, मंगलवार १३:३४
काठमाडौं— प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्ववियु निर्वाचनका लागि योङ कम्युनिष्ट लिग (वाईसिएल) का कार्यकर्तालाई विश्वविद्यालय र कलेजमा परिचालन हुन निर्देशन दिएका छन्। उनले आफ्नो तयारी राम्रोसँग गरेर प्रतिकारका लागि कलेजमा परिचालन हुन मंगलबार वाईसिएल कार्यकर्तालाई निर्देशन दिएका हुन्। ‘ब्रुजुवा’हरुबीच अझै एकता भइ नसकेको दाहालेको भनाइ थियो। ‘नेविसंघभित्रै […]