सलह किराबाट बाली जोगाउन सुझावसहित अनुरोध

१३ असार २०७७, शनिबार १९:४६

काठमाडौं – भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालयले सलहले सलह किराबाट खाद्यबाली जोगाउनेबारे किसानलाई सुझावसहित विशेष अनुरोध गरेको छ ।  दुई मन्त्रालयद्वारा सयुक्त रुपमा जारी अनुरोधपत्रमा असार १३ गते भारतबाट सलह किराको ठूलो झुण्ड नेपालमा प्रवेश भई खेतवारीमा रहेका खडा वालीहरुलाई व्यापक क्षति पुर्याउने संभावना रहेकोले खाद्य संकट निम्तीन गई मानवजीवनमा प्रतिकूल असर पार्ने अवस्था श्रृजना भएको जनाइएको छ ।

सलह नियन्त्रणका लागि सलहले अतिक्रमण गर्दा धुवाउने, ठुल्ठूला आवाजहरू निकाल्ने, लामा डोरीहरू बारीको वारपार टाँगेर दुई जनाले दुईतिरबाट बालीनालीका बोटहरू हल्लाइदिने, चराहरूलाई संरक्षण गर्ने, सलह उडनुअघि बिहान बिहानै बाली खानुभन्दा पहिलै बारीबाट सलहलाई धपाउने, प्रकोप क्षेत्रका कृषकहरूलाई पनि विषादीरहीत सलह संकलन गरी पशुपन्छी तथा माछाको दानाहरूमा प्रयोग गर्ने, जालमा समात्ने र नेटजालीहरूमा छोप्ने आदि कार्यहरु गरी सलहबाट हुने क्षतिलाई कम गर्न मन्त्रालयको अनुरोध छ ।

थप आवश्यक जानकारीको लागि सम्बन्धित स्थानीय तहको कृषि विकास शाखा, नजिकको कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्र, निर्देशनालय वा मन्त्रालयमा सम्पर्क राख्न मन्त्रालयले भनेको छ ।

Next Post

अनेरास्ववियूले प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा प्रदर्शन

१३ असार २०७७, शनिबार १९:४६
कालिकाेट – प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा कालिकोटमा  प्रदर्शन गरेका छन् । अनेरास्वसवयूले प्रधानमन्त्री केपि शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको भन्दै प्रदर्शन गरेका हुन् । अनेरास्ववियूका सह सयोजक सन्तोस महताराको नेतृत्वमा भारतीय चलखेलमा सरकार ढाल्न खोजेको भन्दै अनेरास्ववियूले कालिकोटको सदरमुकाममा प्रदर्शन गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा […]