माननीय झाँक्रीज्यू, : पहिला भदै हटाएर देखाउनुस्

३ बैशाख २०७७, बुधबार १३:०१

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री सचिवालयमा अनावश्यक कर्मचारी हटाउनु पर्ने भन्दै सामाजिक संजालमा पोष्ट गरेपछि यति उनीमाथि नै नैतिक प्रश्न खडा हुने गरि बहस शुरू भएको छ। सांसद झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पारिश्रमिक नलिने घोषणाा गर्नुभन्दा सचिवालयमा रहेका ४६/४७ कमर्चारी खारेज गरेर २/३ जनावाट चलाउन माग गरेकी थिईन्।

उनको यो विषय सामाजिक संजालमा आएपछि सासद झाँक्रीमाथि आफैँले नियुक्त गरेको स्वकिय सचिव हटाएर देखाउन सामाजिक संजालमा चुनौती दिईएको छ। गुल्मिवाट समानुपातिक सांसद झाँक्रीले आफ्नो स्वकिय सचिवमा भदै नाता पर्ने आशा झाँक्री मगरलाई नियुक्त गरेकी छिन् ।

सांसद झाँक्रीको आरोपप्रति भने प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ । हाल प्रधानमन्त्री ओलीको सचिवालयमा सल्लाहकारसहित १८ जना मात्र कर्मचारी कार्यरत रहेको जनाईएको छ । संघीय सांसदले आफ्नो निजि सचिवालयमा अधिकृत स्तरको कमर्चारीले पाउने सेवा सुविधासहितको एकजना स्वकिय सचिव राख्न पाउने व्यवस्था छ ।

अंधिकाशले आफ्नै नातागोता राखेपछि यसको विरोध हुदै आएको छ ।

Next Post

दोस्रो संक्रमित युवतीले कोरोना जितिन् , निको भएर घर फर्किइन्

३ बैशाख २०७७, बुधबार १३:०१
काठमाडौं – नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले […]