सार्वजनिक यातायातमा मास्क अनिवार्य

१२ बैशाख २०७८, आईतवार १३:४९

काठमाडौं – कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा मास्क लगाउन अनिवार्य गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातमा मास्क नलगाउने अनिवार्य गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयमा गत बुधबार भएको बैठकले सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्ने, भौतिक दूरी व्यवस्थित गर्ने र क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णयसमेत भएको छ । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई तत्काल कारवाही गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । कोरोना भाइरस संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालयले सो को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । बैठकमा दार्चुला प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरको सहभागिता रहेको थियो ।

Next Post

चार प्रदेश सांसदलाई प्रदेश सभाबाट निष्कासन गरेको सूचना दर्ता

१२ बैशाख २०७८, आईतवार १३:४९
सुर्खेत – फ्लोर क्रस गरी मतदान गर्ने कर्णालीका चारजना प्रदेश सांसदलाई नेकपा एमालेले प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ । नेकपा एमाले प्रदेश सभा संसदीय दलले उनीहरुलाई निष्कासन गरेको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा केही बेरअघि दर्ता गरेको हो । कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर […]