अनेरास्ववियूले प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा प्रदर्शन

२४ असार २०७७, बुधबार १८:०२

कालिकाेट – प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा कालिकोटमा  प्रदर्शन गरेका छन् । अनेरास्वसवयूले प्रधानमन्त्री केपि शर्मा ओलीलाई संकटमा पार्ने काम भइरहेको भन्दै प्रदर्शन गरेका हुन् । अनेरास्ववियूका सह सयोजक सन्तोस महताराको नेतृत्वमा भारतीय चलखेलमा सरकार ढाल्न खोजेको भन्दै अनेरास्ववियूले कालिकोटको सदरमुकाममा प्रदर्शन गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेला समर्थकले सडकमा प्रदर्शन थालेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको समर्थनमा बनेको गुरुपहरुको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले ‘आजलाई होइन भोलीलाई ,हाम्रो समर्थन ओलीलाई’, आई एम विथ केपी ओली जस्ता नारा लगाएका थिए । आज देशका सवै ठाउँमा प्रधानमन्त्री केपि शर्मा ओलीको समर्थनमा प्रदर्शन भइरहेको छ ।

Next Post

संक्रमण बढेपछि थप कडाइ

२४ असार २०७७, बुधबार १८:०२
काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल र रेस्टुरेस्टमा बसेर खान नपाइने निर्णय गरेको हो भने ‘टेक अवे’ सुविधा भने खुला गरेको छ । अब होटल र रेस्टुरेस्टबाट सामान प्याक गरेर लैजान […]